pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

स्ववियु द्वारा पालुङ क्याम्पसमा दशैं बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

FB_IMG_1697196482619-1697197465.jpg

थाहानगरको पालुङ बहुमुखी क्याम्पसमा २६ असोजमा स्वतन्त्र विद्यार्थी युनियनले एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । नजिकिँदै गरेको बडा दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै जेसीज हलमा विद्यार्थीहरुबीच एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको हो । 

स्ववियु सभापति पुस्कल श्रेष्ठको अध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत रहेका प्रमुख अतिथि विष्टले पालुङ क्याम्पस उत्तरी मकवानपुरकै एक मात्र विश्वविद्यालयीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्था भएकोले यसलाई अझ क्षमतायुक्त बनाउन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । 

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले पालुङ  क्याम्पसमा प्रायः विद्यार्थीहरुले छात्रवृत्ति पाउने गरेको र शान्त वातावरणममा प्राध्यापकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरी अध्ययन गर्ने वातावरण रहेकोले यसलाई एक अवसरको रुपमा लिएर वृत्ति विकासमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । 

त्यसैगरी क्याम्पस प्रमुख राजन मिश्रले सबैको सहयोग र समन्वयबाट क्याम्पसलाई अझ राम्रो बनाउने प्रतिवद्धता व्यक्त गरे । 

शुभकामना आदानप्रदानसँगै सञ्चालन भएको एकल नृत्य प्रतियोगितामा नविना अधिकारी, नम्रता गोपाली र मोनिका केसी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । उनीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा श्रीकृष्ण श्रेष्ठ र रोशन तामाङले प्रतियोगिताको निर्णायक भूमिका निर्वाह गरेका थिए । 

FB_IMG_1697197269125-1697197465.jpg
FB_IMG_1697197258489-1697197488.jpg
FB_IMG_1697197250887-1697197488.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...