Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

स्वर्गीय केसीको स्मृतिमा दीप प्रज्वलन, छोरीको नाममा अक्षय कोष स्थापना गरिने

purnadhoj-1591586760.jpg

जेसीवी दूर्घटनामा परी निधन भएका थाहा–४ का पूर्णध्वज केसीको स्मृतिमा पालुङ जेसीज, शिखरकोट बजार व्यवस्थापन समिति र शिखर क्लबले संयुक्त रुपमा आइतबार साँझ शिखरकोटमा दीप प्रज्वलन गरेको छ । दिवंगत आत्माको चीर शान्तिको कामनासहित मौन धारणसमेत गरिएको छ ।

शिखरकोटको कृष्ण मन्दिरमा भएको उक्त दीप प्रज्वलन कार्यक्रममा थाहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेश के.सी, नेकपा थाहानगरका अध्यक्ष अरूण रायमाझी, पालुङ जेसीज वर्ष २०२० का अध्यक्ष मनोज रायमाझी, फरक सोचका अध्यक्ष यादवजंग रायमाझी, थाहा होटल एसोसिएसन अध्यक्ष शिवकुमार खत्री लगायत आयोजक समितिका पदाधिकारीहरु उपस्थिति थिए ।

दीप प्रज्वलनका बीच केसीको छोरीको नाममा शैक्षिक अक्षय कोष स्थापना गर्ने र उक्त कोषको व्याजबाट माध्यमिक तहसम्म शिक्षामा सहयोग गर्ने घोषणा गरिएको छ । उक्त कोषलाई माध्यमिक शिक्षापछि केसीको छोरीकै निर्णय अनुसार हुनेगरी कोष स्थापना गर्न लागेको पालुङ जेसीजका अध्यक्ष मनोज रायमाझीले बताए ।
कोषको लागि रकम संकलन हुन थालिसकेको पनि अध्यक्ष रायमाझीले जानकारी दिए । 

पालुङ जेसीज वर्ष २०२० का जनसम्पर्क अधिकारी र शिखरकोट बजार व्यवस्थापन समितिका उपाध्यक्ष रहेका केसीको गत जेठ २२ गते चित्लाङ–थानकोट सडक खण्डको सेतो पहरा नजिकै जेसीबी दूर्घटना हुँदा उपचारको क्रममा निधन भएको थियो । उनी सानो उमेरदेखि नै विभिन्न सामाजिक क्रियाकलापमा सहभागी हुँदै आएका थिए ।

केसीको १३ औं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा गर्ने आयोजकले जानकारी दिएको छ । वि.सं. २०४४ साल असोज २ गते शिखरकोटमा जन्मिएका केसीको परिवारमा आमा, श्रीमती, एक छोरी र दुई छोरा छन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg