Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

स्वदेश फर्कने मकवानपुरेलाई हेटौंडा उपमहानगरपालिकाले निःशुल्क क्वारेन्टाइनको व्यवस्था मिलाउने

कतारबाट अनिल पराजुली ।

प्रवासबाट स्वदेश फर्कने मकवानपुरेलाई हेटौंडा उपमहानगरपालिकाले निःशुल्क क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउने भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयले खाडी, मलेसिया, कोरिया, अष्टेलिया सहित युरोप अमेरिकाबाट स्वदेश फिर्ता हुने मकवानपुरेहरुलाई निःशुल्क क्वारेन्टाइनको व्यवस्था मिलाउने भएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले सोमवार अन्र्तराष्ट्रिय समन्वय परिषद् संयोजक तथा मकवानपुर मिलन केन्द्र दोहा कतारका संरक्षक सरोज पुडासैनीसंग टेलिफोन संवादमा बिदेशबाट फर्कने मकवानपुरेहरुको क्वारेन्टाइन बस्ने, खाने लगायतका सम्पूर्ण व्यवस्था स्थानीय निकायले गर्ने बताइन् । उनले अप्ठेरोमा परेका बेला स्थानीय सरकारले उनीहरुको व्यवस्थापनामा सक्दो सहयोग गर्ने आश्वासन समेत दिइन् ।

त्यस्तै स्वदेश फर्केपछि एयरपोर्टबाट मकवानपुरसम्म क्वारेन्टाइन जाने र क्वारेन्टाइनको अवधि पूरा भएपछि घर सम्म जाने सवारी साधनको व्यवस्था
मकवानपुर उद्योग बाणिज्य संघ हेटौंडाले मिलाई दिने भएको छ । मकवानपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बिदेशबाट आएका मकवानपुरेलाई एयरपोर्टबाट मकवानपुरको क्वारेन्टाइन सम्म लाने व्यवस्था मउवा संघले मिलाउने जानकारी दिएका हुन् । 

त्यस्तै कम्पनीबाट रोजगार गुमाएको, स्वदेश फर्कन टिकट किन्ने आर्थिक अवस्था नभएको र अप्ठेरोमा परेका मकवानपुरेहरुलाई मकवानपुर मिलन केन्द्र अन्तरास्ट्रिय समन्वय परिषद तदर्थ समितीको सम्पर्कमा आउन आग्रह गरेको छ । मकवानपुर जिल्लाबाट रोजगारी तथा अन्य शिलसिलामा खाडी सहित कोरिया, मलेसिया, अस्ट्रेलिया, युरोप, अमेरिका लगायत विश्वका कुनैपनि देशमा रहेका मकवानपुरेलाई समस्या परे सहयोग गर्ने बताइएको छ ।

विश्वका कुनैपनि देशमा रहेका मकवानपुरवासीलाई अप्ठेरो परे मकवानपुर मिलन केन्द्र अन्तरास्ट्रिय समन्वय परिषद तदर्थ समितीको फेसबुक पेजमा म्यासेज गर्न आग्रह गरिएको छ । प्रवासी मकवानपुरेलाई एयरपोर्टबाट ल्याउने, क्वारेन्टाइनमा व्यवस्थापन गर्ने लगायतका सम्पूर्ण बिषयमा मकवानपुरका नेताहरु कृष्ण दहाल, बिरोध खतिवडा, मुनु सिग्देल, डिना उपाध्याय लगायतकाले टेलिफोन संवादमा सकारात्मक प्रतिक्रिया दिएको केन्द्रका संरक्षक पुडासैनीले जानकारी दिए । 

मकवानपुर मिलन केन्द्रले स्वदेश फर्कने मकवानपुरेहरुको व्यवस्थापन गर्नका लागि समन्वय गर्ने हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्ष हरीबहादुर राउत, ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, एकालाल श्रेष्ठ, शालिकराम पुडासैनी लगायतकालाई बिशेष धन्यवाद दिएको छ । 

प्रवासी कोरोना बिपत्त ब्यबस्थापन अन्तर्राष्ट्रिय समिति गठन

कोरोना भाइरसका कारण प्रवासमा अप्ठेरो अवस्थामा परेका मकवानपुरेहरुको सहयोग गर्नका लागि प्रवासी कोरोना बिपत्त ब्यबस्थापन अन्तर्राष्ट्रिय समिति गठन गरिएको छ ।  सरोज पुडासैनीको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा प्रवासबाट रमेश तिबारी, नारायण श्रेष्ठ, पुष्पा लामा, कृष्ण ढकाल र अनिल पराजुली रहेका छन् ।

त्यस्तै समतिको नेपाल प्रतिनिधिमा प्रदिप कडेल, प्रकाश पुरी, गौतम लामा, शुसान्त श्रेष्ठ छन् ।  त्यस्तै आमन्त्रित सदस्यमा मकवानपुरे समाज काठमाडौ नेपालका अरुण गुरुङ रहेका छन् । कम्पनीबाट रोजगार गुमाएको, स्वदेश फर्कन टिकट किन्ने आर्थिक अवस्था नभएको र अप्ठेरोमा परेका मकवानपुरेहरुलाई समितीको सम्पर्कमा आउन आग्रह गरिएको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg