Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

स्थानीय तह वित्तीय अनुशासनमा थाहा नगर प्रथम,

FB_IMG_1686487797287-1686648761.jpg

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मकवानपुरको थाहा नगरपालिका प्रथम भएको छ । थाहाले आर्थिक वर्ष २०७८र७९ मा कुल १०० मध्ये ७८ अंक प्राप्त गर्दै जिल्ला प्रथम भएको हो । जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहको समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थितिको मूल्याङ्कन गरेर नतिजा प्रकाशन गरेको जिल्ला समन्वय समिति मकवानपुरकी शाखा अधिकृत सुनिताकुमारी गजुरेलले जानकारी दिनु भयाे 
 जिससले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन अनुगमन, मुल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरी अन्तिम नतिजा प्रकाशन गरेको हो । जसमा थाहाले सबै भन्दा बढी ७८ र बागमती गाउँपालिकाले सबै भन्दा कम ४९.५ अंक प्राप्त गरेको छ ।
थाहाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा १३.५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २६, लेखाङ्कन तथा प्रतिवेदनमा १६, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १० र राजस्व व्यवस्थापनमा १२.५ गरि कुल ७८ अंक प्राप्त गरेको उनले जानकारी दिइन् । मूल्याङ्कन अनुसार जिल्लाको मनहरी गाउँपालिकाले ७२।५ अंक, बकैया गाउँपालिकाले ६९.५ अंक, मकवानपुरगढी गाउँपालिकाले ६८.५ अंक, कैलाश र भीमफेदी गाउँपालिकाले ६६।५ अंक, हेटौंडा उपमहानगरपालिकाले ६२.५ अंक, राक्सिराङ गाउँपालिकाले ५६ अंक, इन्द्रसरोवर नगरपालिकाले ५१ अंक र बागमती गाउँपालिकाले ४९.५ अंक प्राप्त गरेको छ ।त्यस्तै जिल्लाको १० वटै स्थानीय तहको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पनि थाहा नगरपालिका ८६.२५ अंक प्राप्त गर्दै प्रथम भएको छ । उनका अनुसार थाहा नगरपालिकाले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय शीर्षकको मुल्याङकनमा कुल १०० अंकमा ८६ दशमलव २५ अंक प्राप्त गर्दै जिल्लामै उत्कृष्ट भएको छ । भने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पनि बागमती गाउँपालिकाले सबै भन्दा कम ४३ दशमलव ५ अंक प्राप्त गरेको छ ।स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा क्रमश जिल्लाको मनहरी गाउँपालिकाले ६७।७५ अंक, भीमफेदी गाउँपालिकाले ६५ अंक, हेटौंडा उपमहानगरपालिकाले ६३.२५ अंक, मकवानपुरगढी गाउँपालिकाले ५६।७५ अंक, बकैया गाउँपालिकाले ५६।२५ अंक, राक्सिराङ गाउँपालिकाले ५६ अंक, इन्द्रसरोवर नगरपालिकाले ५३.२५ अंक, कैलाश गाउँपालिकाले ४९।५ अंक, र बागमती गाउँपालिकाले ४३।५ अंक प्राप्त गरेको छ । गजुरेलका अनुसार मकवानपुर जिल्लाका स्थानीय तहहरुले आगामी आवमा दुईवटै मूल्याङ्कनमा ९० प्रतिशतभन्दा माथि अंक आउने गरी काम गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयाे ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...