pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा शिक्षा कार्यक्रम थाहामा सुरु

FB_IMG_1683028906054-1683028945.jpg

स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ  मातृभाषा शिक्षा कार्यक्रम थाहा नगरपालिकामा सुरु भएको छ ।
मंगलबार नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेश  अध्यक्ष लिला कुमार घलानको अध्यक्षता तथा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्तामा उद्घाटन गरिएको हो।

मातृभाषा तथा स्थानीय विषयमा शिक्षा गुणस्तरिय तथा वैज्ञानिक शिक्षाको सुनिश्चितता भन्ने उद्देश्कासाथ यो कार्यक्रमको सुरुवात गरिएको हो ।जिल्लाका १० स्थानीय तहहरु मध्ये मातृभाषा तथा स्थानीय विषयक कार्यक्रम गराउँनेमा पहिलो पालिका थाहा नै रहेको नेपाल तामाङ घेदुङ्का संघीय अध्यक्ष मोहन गोलेको भनाइ छ ।
मातृभाषामा शिक्षा भनेको व्यक्तिले बोल्ने पहिलो भाषामा पठन पाठन गर्नु हो। यो विषयले विश्वका विभिन्न देशमा मौलिक अधिकार सरहको अधिकार प्राप्त गरेको छ। मातृभाषा भन्दा अन्य भाषाको प्रचलन बढी भएको ठाउँमा मातृभाषा शिक्षाका विषयले महत्त्व पाएका छन्।
नेपालमा मातृभाषामा शिक्षा कार्यक्रम वि सं २०५५ देखि सुरू भएको हो। यसका लागि पाठ्यक्रम विकास केन्द्रले २४ वटा मातृभाषामा प्राथमिक तहसम्मको पाठ्यपुस्तक तयार गरेको छ।

थाहा नगरपालिका  भित्रका छनोटमा परेका विद्यालयमार्फत एक ,एक जना शिक्षक लगाएतको उपस्थित रहने छन् प्रशिक्षकमा माृभाषाका भाषा विज्ञ डा. लोक बहादुर लोप्चन ,भाषा आयोगका पुर्व अध्यक्ष  लवदेव अवस्थी,र नेपाल तामाङ घेदुङ संघका महासचिव काजिमान थिङ तामाङ लगायतका प्रशिक्षक हरुले  प्रशिक्षण दिने छन।

थाहा नगरपालिका तथा भाषा आयोग काठमाडौको सहकार्य तथा नेपाल तामाङ घेदुङको बागमती प्रदेश समितीको आयोजनामा  उक्त मातृभाषा शिक्षा कार्यक्रम सुरु गरिएको हो ।
उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,वडा अध्यक्ष हरु,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,थाहा नगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल,तामाङ भाषा तथा लिपि प्रशिक्षक प्रतीक तामाङ,प्रशिक्षक लिला तामाङ,नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष आत्मराम मोक्तान,जिल्ला सचिव किरणमान बल,नगर अध्यक्ष दिपक कुमार लामा लगाएत विभिन्न विद्यालयका शिक्षक ,थाहा नगर शिक्षा समितिका सदस्यहरु तथा स्थानीय शिक्षा प्रेमी व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।
थाहा नगरपालिकाको नयाँगाउँमा अवस्थित होटल पाइनसमा सुरु भएको कार्यक्रम २३ बैशाख सम्म संचालन हुने छ।

FB_IMG_1683028923009-1683028948.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...