Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न थाहानगरको कोशेली,

FB_IMG_1683193909010-1683193928.jpg

 

mergerd-photo-copy-1683180456.jpg

बुधबार थाहा नगरपालिकाका एक कर्मचारीको विदाइ थियो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएको विदाइ समारोहमा नगर उपप्रमुख भरत गोपालीले मायाको चिनोस्वरुप बाँसको फूलदानी प्रदान गरेर कर्मचारीलाई विदाइ गरे । प्रमुश प्रशासकीय अधिकृत कृष्ण गिरीले अविर र खादा लगाइदिए ।

थाहा नगर कार्यपालिकामा मायाको चिनोस्वरुप नगरकै उद्यमीहरुले उत्पादन गरेको सामान प्रदान गरिएको यो पहिलोपटक भएको जानकारहरु बताउँछन् । थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलका अनुसार यसअघि थाहा नगरपालिकाका पर्यटकीय स्थलहरुको फोटो बनाएर बाहिरबाट झिकाइएको फ्रेममा राखेर मायाको चिनो प्रदान गर्ने गरिएको थियो । बुधबार कर्मचारी बिदाइमा प्रदान गरिएको बाँसको फूलदानी भने थाहा–४ ठूलोमाखुका लालीगुराँस महिला उद्यमी समूहले निर्माण गरेको हो ।

भक्तपुर नगरपालिकाबाट हालै थाहा नगरपालिका सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले आफू भक्तपुरमा रहँदा कुनै पनि कार्यक्रममा भक्तपुरकै स्थानीय उत्पादनलाई मायाको चिनोको रुपमा प्राथमिकता दिने गरेको अनुभव सुनाए । उनले भने–‘थाहा नगरपालिकालाई चिनाउने र नगरपालिकामा उत्पादन भएका सामानहरुलाई प्राथमिकता दिनुपर्छ, यसको अगुवाई नगरपालिकाले गर्छ ।’

नगरपालिकाका कार्यक्रमहरुमा मायाको चिनो प्रदान गर्दा वा कोशेलीको रुपमा कुनै सामान प्रदान गर्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा स्थानीय उद्यमीहरुलाई थप हौसला मिल्ने, थप रोजगारी तथा स्वरोजगारीको विकासमा मद्दत पुग्ने, स्थानीय सीपको कदर हुने, बजारीकरणमा टेवा पुग्ने र पूँजी बाहिर नजाने भएकोले धेरै कोणबाट लाभदायी हुने प्रमुख प्रशासकीय अधिकृत गिरीको विश्वास छ ।

थाहा नगरपालिकाबाट पाहुनाहरुलाई यहाँ उत्पादित आलु, मूला, काउली, बन्दा जस्ता तरकारी पठाउने चलन पुरानै हो । सिजनमा थाहाबाट हेटौँडा–काठमाडौँ चल्ने बस तथा सुमोको हुडमा समेत पाहुनालाई पठाइएका तरकारीजन्य कोशेलीहरु अटाइ–नअटाइ देखिन्छन् ।

औपचारिक कार्यक्रममा मुख्य अतिथि र अन्य अतिथिहरुलाई कोशेली वा मायाको चिनो प्रदान गर्दा भने नगर बाहिरबाट आयात गरिएका सामानहरु प्रदान गरिँदै आएको पालुङ जेसीज २०२३ का अध्यक्ष संगम कार्की बताउँछन् । स्थानीय उद्यमीहरुद्वारा उत्पादित सामानहरुको बजारीकरणसम्बन्धी कार्यक्रममा बोल्दै कार्कीले भने–‘जेसीजको प्रत्येकजसो कार्यक्रममा मायाको चिनो आदानप्रदान हुनेगर्छ,  अहिलेसम्म मायाको चिनो नगर बाहिरबाटै झिकाउने गरिएकोमा अब हामी यहीँको उत्पादनलाई जोड दिन्छौँ ।’

नगर कार्यपालिका अर्थात् स्थानीय सरकारले नै स्थानीय उत्पादनलाई प्राथमिकता दिने भएपछि नगरमा क्रियाशील सहकारी, शैक्षिक संस्था, उद्योग प्रतिष्ठान, गैरसरकारी संस्था आदिका कार्यक्रमहरुमा पनि यसको सकारात्मक प्रभाव पर्ने देखिएको छ । थाहा होटल एशोसिएसनका अध्यक्ष शिबकुमार खत्रीले स्थानीय उद्यमीहरुले उत्पादन गरेको सामग्रीहरु विक्रीका लागि थाहा नगरका होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरुमा छुट्टै ‘कर्नर’ स्थापना गर्नेगरी छलफल भइरहेको बताए । ‘थाहानगर घुम्न आउने पर्यटकहरु थाहानगर चिनाउने सामग्री लैजान चाहन्छन्, यता लघु उद्यमीहरुले राम्रो सामान बनाउँछन् भने विक्रीका लागि हामी सहयोग गर्छौँ’, खत्रीले भने ।

थाहा नगरपालिकामा परम्परागत रुपमा रहेका कतिपय हस्तकला लोप भएर जाने खतरा बढिरहेको बेला  त्यस्ता हस्तकलाको संरक्षण गर्ने र लघुउद्यमशीलताको माध्यमबाट नगरबासीको आयआर्जनमा समेत टेवा पु¥याउन विगत ३ वर्षदेखि लघु उद्यम विकास कार्यक्रम सञ्चालन हुँदै आएको छ । लघुउद्यमीहरुले नगरको टिस्टुङमा सिस्नुको पाउडर, गलैँचा, बाँसको मुडा, उनका कपडा बनाउने सीप सिकेर उत्पादन गर्दै आएका छन् । त्यस्तै वडा नम्बर २ मा महिलाहरुले जुत्ताचप्पल बनाएर विक्री गरिरहेका छन् ।

वडा नम्बर ३ मा चालु आर्थिक वर्षमा डल, कुशन, अचार बनाउने सीप सिकेर उत्पादन तथा विक्री शुरु गरिएको र वडा नम्बर ४ मा बाँस र निगालोको मुडा, फुलदानी, फोटो फ्रेम, ¥याक, कलमदानी आदि उत्पादन भइरहेको थाहा नगरपालिका गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)का अधिकृत कुमार नेगीले जानकारी दिए ।

अब थाहानगरमै उत्पादन भएको अल्लोको कपडा थाहानगर चिनाउने कोशेलीको रुपमा पठाउन सकिने मेड्पाका लघु उद्युम सहजकर्ता दिक्षा पाण्डेले बताइन् ।  थाहा–३ मा अल्लोको कपडा बुनाइ तालिम सकिएको र अब व्यवसायिक उत्पादनको चरणमा रहेको उनले जानकारी दिइन् ।

थाहा नगरपालिकामा स्थानीय उत्पादन विक्रीका लागि वडा नम्बर ४ नयाँगाउँमा कोशेली घरसमेत सञ्चालनमा रहेको छ । त्यस्तै वडा नम्बर ३ मा उद्यमी घर स्थापना गर्न लागिएको उद्यम विकास सहजकर्ता सुनिता बुढाको भनाइ रहको छ । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...