himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

स्काउट फ्रेन्डशीप क्याम्प सक्कियो - थाहा नगरका ९ स्काउट ट्रुपका विद्यार्थीहरूको तीनदिने अनुशासन र नेतृत्व यात्रा

FB_IMG_1749304599443-1749304628.jpg

स्थानीय स्काउट थाहा नगरपालिकाको आयोजनामा प्रथम मित्रता क्याम्प(फ्रेन्डसीप क्याम्प)२०८२ झम्केश्वरी माध्यमिक बिध्यालयमा सम्पन भएको छ । 
३ दिन सम्म चलेको मित्रता क्याप २०८२ थाहा नगरपालिकामा पहिलो पटक आयोजना भएको हो । स्थानीय स्काउट थाहा नगरपालिकाको आयोजनामा बिहीबार देखि शुरु भएको क्याम्प शनिबार सम्पन भएको थियो । उक्त कार्यक्रमको अन्तिम दिन शनिबार  थाहा नगर स्काउटका संरक्षक एबम थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले समापन गर्नु भएको थियो। प्रमुख अतिथी  मेयर बिष्टले समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै  क्याम्पमा सहभागी विद्यार्थीहरूले समुदायप्रति निर्वाह गर्ने जिम्मेवारी, असल नागरिक प्रतिको जिम्मेवारी बोध गराइ विद्यार्थीलाई अनुशासनमा बाध्ने विस्वास गर्नुभयो ।
बिष्टले फ्रेन्डशीप क्याम्पले विद्यार्थीहरुलाई थप अनुशासन र सहयोगी भावको बिकासमा मद्दत पुर्याएको बिश्वास व्यक्त गर्दै सिकेको कुरालाई व्यवहारमा उतार्न जोड दिदै आगामी दिनमा अन्तरपालिका स्तरीय फ्रेन्डशीप क्याम्प राख्न स्थानीय स्काउटलाई थाहा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गरे।

बिहीबार देखि शुरु भएको फ्रेन्डशीप क्याम्पमा थाहा नगरपालिकाका ९ वटा विद्यालयका २ सय २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
क्याम्पमा थाहा नगरपालिका भित्र रहेका सुनौला स्काउट ट्रुप,झम्केश्वरी स्काउट ट्रुप,जनकल्याण स्काउट ट्रुप,मत्स्यनारायण स्काउट ट्रुप,घाटदेवी स्काउट,बज्रवाराही स्काउट,बागेश्वरी स्काउट,महांकाल स्काउट र नाट्यश्वर स्काउट ट्रुपका विद्यार्थी सहभागी रहेका थिए।
स्थानीय स्काउट थाहाका संयोजक गणेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन समारोहमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान,प्याव्सन थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान जनकल्याण माबिका पुर्व प्रधानाध्यापक सानोभाइ कार्की,प्रशिक्षक असोक सारु मगर सहभागी मत्स्यनारायण ट्रुपका करिना राना मगर लगायतकाले मन्तव्य राखेका थिए।
कार्यक्रममा सहभागी स्काउट ट्रुपका विद्यार्थी हरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियो।
३ दिन सम्म झम्केश्वरी माध्यामिक विद्यालयमा चलेको क्याम्पमा प्रशिक्षक हरु असोज सारु मगर,नारायण प्रसाद ढकाल,रोशन ढकालले प्रशिक्षण दिएका थिए।

FB_IMG_1749304609791-1749304628.jpg
FB_IMG_1749351902564-1749351986.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg