Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

शिक्षा

सेवा क्षेत्रमा संक्रमित नभए प्रत्यक्ष पढाउनु : थाहा नगरपालिका


थाहा नगर शिक्षा समितिको बैठकले थाहानगरमा कोभिड–१९ को जोखिम बढेको भन्दै विद्यालयहरुलाई सेवा क्षेत्रमा कोरोना संक्रमित व्यक्ति भएसम्म प्रत्यक्ष पठनपाठन नगर्न आग्रह गरेको छ । सेवा क्षेत्रमा कोभिड–१९ संक्रमित व्यक्ति नभएको अवस्थामा विद्यालयमा नै विद्यार्थी बोलाएर पठनपाठन गर्न सकिने समितिले स्पष्ट पारेको छ । 

कुनै क्षेत्र विशेषमा नियमित विद्यालय संचालन हुन सक्ने अवस्था भएमा प्रत्यक्ष सिकाई क्रियाकलाप संचालन गर्न बाधा नपर्ने पनि शिक्षा समितिले जनाएको छ ।  

नगर शिक्षा अधिकारी शोभाकर रेग्मीद्वारा हस्ताक्षरित सुचनामा विद्यालयको सेवा क्षेत्रभित्र कोभिड–१९ को संक्रमित व्यक्ति भएसम्म विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाको ३३.१ अनुसार गर्न गराउन निर्देशन गरिएको छ । 

निर्देशिकाको ३३.१ मा कोभिड–१९ संक्रामक रोग वा अन्य यस्तै प्रकृतिका विपदबाट सिर्जना हुने विषम परिस्थितिमा सिकाई प्रणालीलाई निरन्तरता दिने प्रयोजनका लागि दूर तथा खुला शिक्षा लगायतका पद्धतिलाई सिकाई सहजीकरण प्रणालीको रुपमा लागू गर्न सकिने उल्लेख छ  । 

सोहीबमोजिम समितिले रेडियो, टेलीभिजन र अनलाइन मध्ये उपयुक्त क्रियाकलापबाट थप प्रभावकारी तवरले विद्यार्थीहरुलाई सिकाउन स्मरण गराएको छ । सेवा क्षेत्रमा कोरोना संक्रमित व्यक्ति  रहेको अवस्थामा पनि शिक्षकहरु विद्यालयमा अनिवार्य उपस्थित हुन र दूर तथा खुला शिक्षामा सहभागी हुन थाहा नगर शिक्षा समितिले निर्देशन दिएको छ । दूर तथा खुला सिकाइमा संलग्न नभएको पाइएमा थाहा नगरपालिका कडा कारबाही गर्न बाध्य हुने शिक्षा समितिका अध्यक्ष एवम् थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनु भयो । 

यसैबीच थाहा नगर शिक्षा समितिसँगको सम्झौताअनुसार रेडियो शिक्षा कार्यक्रम प्रशारणको अवधि साउन मसान्तमै समाप्त भए पनि कोभिड–१९ को जोखिम कायमै रहेको र नगरमा सहजरुपमा विद्यालय संचालन हुन नसकिरहेकोले रेडियो शिक्षा कार्यक्रमलाई निरन्तरता दिइरहेको दामन एफ. एम. ले जनाएको छ । 

विहान सवा ९ बजे र अपरान्ह सवा ६ बजे नियमित रुपमा विद्यालय शिक्षा कार्यक्रम प्रशारण गरिरहेको दामन एफएमका अध्यक्ष अरुण रायमाझीले बताउनु भयो ।
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg