Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

शिक्षा

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण

FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको दुईकोठे पक्की भवन तथा किड्स अफ काठमाडौँ र फाउन्डेसन हेयर्सको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको चारकोठे वातावरणमैत्री पक्की भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गौतम लोको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य एवं पूर्व सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर बिष्ट, फाउन्डेसन हेयर्सका एन्ड्र्युड तथा किड्स अफ काठमाडौँका बाबुराम गोलेको विशिष्ट आतिथ्यता रहेको थियो। त्यस्तै थाहा नगर शिक्षा शाखाका अधिकृत सूर्यबहादुर थिङ, वडा नं. १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुवर्ण गोपालीलगायतको उपस्थिति थियो।
किड्स अफ काठमाडौँ तथा फाउन्डेसन हेयर्सको करिब एक करोड रुपैयाँ लागतमा शौचालयसहित चारकोठे भवन निर्माण गरिएको हो। त्यस्तै बागमती प्रदेश सरकारको करिब ३० लाख रुपैयाँको लागतमा दुईकोठे पक्की भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक अमृत तामाङले जानकारी दिनुभयो।
स्थानीय स्रोत प्रयोग गरी वातावरणमैत्री भवन
किड्स अफ काठमाडौँ र फाउन्डेसन हेयर्सको सहयोगमा निर्माण भएको चारकोठे भवन र्याम्ड अर्थ (Rammed Earth) प्रविधिमा आधारित छ। यो भवन वातावरणमैत्री हुनुका साथै आवश्यक परेको अवस्थामा सेल्टर हाउसका रूपमा समेत प्रयोग गर्न सकिने बताइएको छ।
र्याम्ड अर्थ प्रविधिमा स्थानीय रूपमा उपलब्ध माटो, बालुवा, ढुंगाकसिङ तथा आवश्यक स्थिरीकरण सामग्रीलाई फर्मभित्र राखेर जोडसँग खाँदेर बलियो पर्खाल निर्माण गरिन्छ। स्थानीय स्रोत तथा साधनको प्रयोग गर्न सकिने भएकाले यो प्रविधिलाई वातावरणमैत्री र दिगो निर्माण विधिका रूपमा लिइन्छ।
कार्यक्रममा फाउन्डेसन हेयर्स र किड्स अफ काठमाडौँका प्रतिनिधिले नवनिर्मित विद्यालय भवनको साँचो थाहा नगरपालिकालाई हस्तान्तरण गरेका थिए।
किड्स अफ काठमाडौँ तथा फाउन्डेसन हेयर्सले वातावरणमैत्री विद्यालय निर्माणलाई प्राथमिकता दिँदै देशका विभिन्न स्थानमा हालसम्म १३ वटा विद्यालय निर्माण गरेको कार्यक्रममा जानकारी दिइएको थियो।
‘स्थानीय आवश्यकता र वातावरणलाई ध्यान दिनुपर्छ’ : मोक्तान
कार्यक्रमकी प्रमुख अतिथि कुमारी मोक्तानले विद्यालय भवन निर्माणमा आधुनिक प्रविधिसँगै स्थानीय स्रोत, साधन र आवश्यकतालाई जोड्नु महत्वपूर्ण रहेको बताइन्। उनले गुणस्तरीय भौतिक पूर्वाधारले बालबालिकाको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन्।
‘विद्यालयको पूर्वाधार विकासमा सहयोग महत्वपूर्ण’ : बिष्ट
थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर बिष्टले विद्यालयलाई प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नवनिर्मित भवनले विद्यार्थीको पठनपाठनका लागि थप सहज वातावरण निर्माण गर्ने बताए।
उनले स्थानीय स्रोत र वातावरणमैत्री प्रविधिको प्रयोगबाट निर्माण भएको भवन थाहा नगरका लागि समेत उदाहरणीय रहेको उल्लेख गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिका निरन्तर सहकार्य गर्ने बताए।
‘स्थानीय सामग्री र प्रविधिको प्रयोग सम्भव छ’ : बाबुराम गोले
किड्स अफ काठमाडौँका बाबुराम गोलेले स्थानीय सामग्री र स्रोतको प्रयोग गरी वातावरणमैत्री तथा टिकाउ विद्यालय भवन निर्माण गर्न सकिने बताए। र्याम्ड अर्थ प्रविधिको प्रयोगले निर्माणलाई स्थानीय परिवेशसँग जोड्नुका साथै वातावरणीय प्रभाव कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
उनले विद्यालयलाई केवल पठनपाठन गर्ने भवनका रूपमा मात्र नभई आवश्यक पर्दा समुदायका लागि समेत उपयोग गर्न सकिने संरचनाका रूपमा विकास गर्न सकिने बताए।
‘वातावरणमैत्री निर्माणलाई निरन्तरता दिन्छौँ’ : फाउन्डेसन हेयर्स
फाउन्डेसन हेयर्सका एन्ड्र्युडले स्थानीय आवश्यकता र वातावरणलाई ध्यानमा राखेर विद्यालय भवन निर्माण गरिएको बताए। स्थानीय स्रोत–साधनको अधिकतम प्रयोग गर्दै सुरक्षित, दिगो र वातावरणमैत्री संरचना निर्माण गर्ने उद्देश्यअनुसार कालिकादेवी प्राथमिक विद्यालयको भवन निर्माण गरिएको उनको भनाइ थियो।
उनले नेपालका विभिन्न स्थानमा वातावरणमैत्री विद्यालय निर्माणको अभियानलाई निरन्तरता दिइरहेको जानकारी दिँदै समुदाय र स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकता दिने बताए।
सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रम
भवन हस्तान्तरण समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा कुन्छाल महिला बाँसुरी समूहको प्रस्तुति तथा तामाङ झाँक्री नाच समेत प्रस्तुत गरिएको थियो।
नवनिर्मित भवनले विद्यालयको भौतिक पूर्वाधारमा सुधार हुनुका साथै विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र अनुकूल सिकाइ वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ।

FB_IMG_1789556163736-1789556202.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg