Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

सुनौला सिकाइ केन्द्रमा बाल चित्रकला प्रतियोगिता सम्पन्न

FB_IMG_1690635652057-1690635670.jpg

थाहा नगरपालिका वडा न  १ को सहयोग तथा  सुनौलो सामुदायिक सिकाइ केन्द्रको सहकार्य र  वडा बाल संजाल थाहा १ को आयोजनामा सुनौलो विकास केन्द्रको सभाहलमा बाल चित्रकला प्रतियोगिता तथा योग ध्यान कार्यक्रम सम्पन्न भएको छ ।
 कार्यक्रममा ७० जनाको उपस्थिति रहेको थियो भने  चित्रकला  प्रतियोगितामा ४० जना विधार्थी भाइबहिनीहरुले भाग लिएका थिए । 
चित्रकला प्रतियोगितामा सुदिक्षा गोपालीले प्रथम,  सुनिशा गोपालीले द्वितीय,  करिना तामाङले तृतीय र  अरस्तोगी गोपालीले सान्त्वना स्थान हासिल गरि पुरस्कार  जित्न सफल भएका छन् ।
बाल सन्जालका अध्यक्ष सीता गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा, प्रमुख अतिथि वडा अध्यक्ष हेरमान गोपाली, अतिथिहरु वडा सदस्य  अनिता बल, सुनौलो सामुदायिक सिकाइ केन्द्रका अघ्यक्ष रुपचन्द्र गोपाली, जीवन्त शिक्षाका अध्यक्ष तथा योग गुरु  राजन बिडारी, सिकाइ केन्द्र समुदाय परिचालक  रेनु गोपाली लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा योग, ध्यान  अभ्यास  साथै जीवन्त शिक्षा बारे जिवन्त शिक्षाका अध्यक्ष तथा योग गुरु राजन बिडारीले योग संगसंगै ध्यान तथा जीवन्त  शिक्षाको महत्वबारे प्रशिक्षण गर्नुभएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष हेरमान गोपालीले सुनौलो बिकास केन्द्रले संचालन सुरुवात गरेको योग ध्यान साधनाको प्रभाव नगर स्तरमा रहेको र थाहा नगरले योग ध्यान कार्यक्रमलाई थाहा नगरका सबै विधायालयहरुमा हरेक शुक्रबार संचालन गर्ने निति तथा कार्यक्रम समेत पारित गरि  कार्यान्वयनको चरणमा रहेको जानकारी गर्नुभयो । कार्यक्रमको समापन बाल क्लब संजाल अध्यक्ष सीता गोपालीले गर्नुभएको थियो ।

FB_IMG_1690635648736-1690635672.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg