himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

सुनकोशी गाउँपालिकामा मोटरसाइकलमा चरम दुरुपयोग ।

Screenshot_20220802-14101-1659428744.png

सुनकोसी गाउँपालिकामा पालिकाले खरिद गरेका मोटरसाइकल चरम दुरुपयोग भएको पाइएको छ। पालिकाले २ वर्ष पहिले खरिद गरेका मोटरसाइकमा अझै सरकारी नम्बर प्लेट छैन। कति निजी नम्बर उल्लेख गरेर कर्मचारीले प्रयोग गरिरहेका छन्।

यातायात कार्यालयबाट सरकारी नम्बर प्राप्त गरेर नम्बर उल्लेख गर्न गाउँपालिकाले चासो देखाएको छैन। पालिकाको अभिलेखमै प्रकृयामा रहेका धेरै मोटरसाइकल चालक अनुमति पत्र नभएका र अनाधिकृत व्यक्तिले प्रयोग गरेर नम्बर प्लेट नराखी थोत्रा भइसकेका छन्।
पालिकाले खरिद गरेका २५ मोटरसाइकमध्ये १० मोटर साइकल र १ स्कुटर नम्बरबिना २ वर्षदेखि चलिरहेका छन्। त्यस्ता सवारी साधान पालिका अध्यक्ष र प्रशासकीय अधिकृतका नजिकका व्यक्तिले दुरुपयोग गर्ने गरेको स्थानीयको गुनासो छ।
एक पालिकाका कर्मचारी भन्छन्, ‘यो विषय बाहिर उठाए यहाँ जागिर खानै कठिन छ, तर यति दुरुपयोग त कतै हुँदैन होला।’ पालिकाका दुई जना कर्मचारीले निजी नम्बर प्लेट राखेर मोटरसाइकल प्रयोग गरिरहेका छन।
लु ५२ प १२६८ र लु ५२ प १२७२ नम्बरका सरकारी मोटर साइकलमा रातो नम्बर प्लेट राखिएको छ। त्यस्तै अर्को प्रदेश १ ०७००१ ब ०००४ नम्बरको मोटरसाइकल प्रायः पालिकाका कर्मचारी र जनप्रतिनिधी नभएका व्यक्तिले दुरुपयोग गर्दै आएको उनले बताए। दुई वर्षपहिलेदेखि यसरी मोटरसाइकल दुरुपयोग हुने गरे पनि पालिकाका प्रशासकीय अधिकृतले नियन्त्रण गरेका छैनन्।
सुनकोसी गाउँपालिकाका सुचना अधिकारी पुञ्जल लुईटेलले मोटरसाइकलका नम्बर ल्याउने र नामसारी प्रकृयामा रहेको र यातायातमा फायल अड्किएको बताए। उनले भने, ‘केही प्रकृयामा छन्, केही फायल रोकिएर समस्या भएको हो, तर दुरुपयोग भएको र अरुले प्रयोग गरेको सत्य होइन।’
उनले सवारी साधान दुरुपयोग नभएको दावी गरे पनि पालिकाले सरकारी सवारी साधनमा २ वर्ष पहिलेदेखि दर्ता तथा नवीकरण कर दाखिला लगायतका काम नगरी अनाधिकृत रुपमा प्रयोग गर्ने गर्दै आएको छ। चालक अनुमति पत्र नभएका देखि पालिका अध्यक्ष र प्रशासकीय अधिकृत निकटका व्यक्तिले समेत नम्बर उल्लेख नभएका र रातो नम्बर राखिएका मोटरसाइल दुरुपयोग गर्दै आएका छन्। कतिपय बिग्रेर नचल्ने अवस्थामा थन्किएका छन्।
यस्ता विषय नियन्त्रण गर्नकै लागि पालिकाले हालै कार्यविधि निर्माण गरेर चालक अनुमति पत्र भएका र आधिकारिक व्यक्तिलाई मात्रै सवारी साधान वितरण गर्ने निर्णय गरेको पालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष प्रकाश सापकोटाले बताए। उनले नम्बर उल्लेख नभएकाले जस्ले पनि प्रयोग गरेको हुन सक्ने भन्दै नियन्त्रणका लागि कार्यविधी आवश्यक रहेको बताए।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg