pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न

20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभा संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
सभामा अध्यक्ष प्रधानले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी १९ लाख रुपैयाँ पुर्‍याई आगामी आर्थिक वर्षमा ५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य रहेको जानकारी दिए। साथै मासिक बचतलाई प्राथमिकतामा राख्दै न्यूनतम मासिक १ हजार रुपैयाँ बचत अनिवार्य गरिने र सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिने बताए।
सभामा कोषाध्यक्ष बिक्रम श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थाको ऋण लगानी ७४ लाख ७१ हजार रुपैयाँ र बचत हिसाब ७९ लाख ४२ हजार रुपैयाँ पुगेको जानकारी दिए।
त्यस्तै सचिव बिक्रम केसीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थामा हाल १ हजार ४ सय ९७ जना सदस्य आबद्ध छन्। संस्थाले आगामी दिनमा सक्रिय र निष्क्रिय सदस्य पहिचान गरी व्यवस्थापन गर्ने जनाएको छ।
साधारणसभाका अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो। नियमित बचततर्फ सुजता थापा, साधारणतर्फ सन्तबहादुर पोडे, साथै स्वस्थानी खड्का, राम गोतामे, मनिसा प्रधान र बिमला मल्ललाई सम्मान प्रदान गरिएको हो। यसैगरी ज्येष्ठ सदस्य राजेन्द्र थापालाई प्रमुख अतिथि भरत गोपालीले विशेष सम्मान प्रदान गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गोपालीले सहकारीको हित र सफलताको शुभकामना व्यक्त गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक हितका लागि सहकारीले निरन्तर काम गर्नुपर्नेमा जोड दिए।
सभाले सहकारीलाई अझ सुदृढ, पारदर्शी र सदस्यमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको सचिब बिक्रम केसीले जानकारी दिए।

20260113_132354-1768290636.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...