pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सिलाइ कटाइ तालिमपछिको सफल पहल: थाहा ११ मा ४० लाख लगानीको गार्मेन्ट सञ्चालनमा
थाहा ११ र १२ का महिलालाई सीप, रोजगारी र आत्मनिर्भरताको नयाँ ढोका

FB_IMG_1748445343291-1748445856.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङ नौखण्डेमा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । 
विइङ युथको आर्थिक सहयोगमा थाहा ११ र १२ का महिलाहरुलाई सिलाइ कटाइ तालिम दिए संगै स्थानीय युवा वसन्त कार्कीको टिमले व्यक्तिगत लगानीमा गार्मेन्ट सञ्चालनमा ल्याएको हो ।  गार्मेन्ट उद्योग सञ्चालनको सुरुवात गर्नुहुँदै थाहा १२ का वडा अध्यक्ष टिकाराम स्याङ्तानले विइङ युथले दिएको ८ महिने सीपमुलक तालिमको सदुपयोग भएको बताउनुभयो ।   
विइङ युथ र थाहा नगरपालिकाको लागत साझेदारीमा थाहा ११ र १२ का ३५ जना महिला र केही पुरुषहरुलाई ८ महिने सिलाइ कटाइ तालिम समेत दिइएको थियो।

कार्यक्रममा थाहा नगरपालिकाका सामाजिक बिकास अधिकृत अनिल लामिछानेले भोलीका दिनमा पालिका भित्र आवश्यक कपडाहरु यहिको प्रयोग गर्ने आधार तयार पार्न सुझाव दिँदै रेडिमेट कपडा बाहिरबाट ल्याउन नपरोस् र थाहाकै दिदीबहिनीले उत्पादन र सिलाई गरेको कपडा लगाउन पाइने बिश्वास व्यक्त गरे।

गार्मेन्टबाट थाहा ११ र १२ का  महिला दिदीबहिनीले सीपको सदुपयोग मात्र गर्न होईन रोजगार प्राप्त समेत गर्नेमा विश्वास लिएका छन् । थाहा नगरपालिका वडा न ३ का वसन्त कार्की सहितको टिमले संचालनमा ल्याएको गार्मेन्टको लागत चालिस लाख रहेको वसन्त कार्कीले जानकारी दिनुभयो ।  पहिलो चरणमा ग्रार्मेन्टमा १० जनाले प्रत्यक्ष रोजगार समेत पाएका छन।

विइङ युथ संस्थाका अध्यक्ष समेत रहेका कार्कीले सीप सिक्न र सिकेका सीपको सहि सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । गार्मेन्टबाट उत्पादित कपडाहरु थाहा  ११ र १२ नम्बर वडाको सरकारी स्कुलले प्रयोग गर्ने गरि सहकार्य अगाडि बढेको भन्दै उत्पादित तयारी पोशाकको गुणस्तरमा कुनै कसुर नराखिने कार्कीले बताउनुभयो । गार्मेन्टबाट सरकारी कार्यालय, विद्यालय, क्याम्पसका लागि आवश्यक कपडा, ज्याकेट, झोला लगाएत अन्य तयारी पोशाक उत्पादन गर्ने लक्ष्य रहेको छ ।
गार्मेन्ट उद्योग संचालन संगै थाहा नगरपालिका वडा न ११ र १२ का महिला तथा पुरुषहरुको लागि लक्षित सिपमुलक तालिमको समेत समापन गरिएको छ।
विइङ युथको आयोजना तथा ongd-fnel र थाहा नगरपालिका संगको सहकार्यमा संचालित ८ महिने सिलाइ कटाइ तालिमको समापन गरिएको थियो।
संस्थाका अध्यक्ष वसन्त कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा १२ का अध्यक्ष टिकाराम स्याङ्तानको विशिष्ट आतिथ्यता रहेको थियो भने थाहा नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,थाहा ११ का पुर्व अध्यक्ष किरणमान बल,थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान,दातृ संस्था लक्जबर वेल्सका प्रतिनिधीहरु,लगायतका उपस्तिथि रहेको थियो।
तालिममा सहभागी हरुलाइ प्रमाणपत्र समेत वितरण गरिएको कार्यक्रमको बारेमा विइङ युथका कार्यक्रम संयोजक मनिषा बस्नेतले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए।

FB_IMG_1748445348464-1748445857.jpg
FB_IMG_1748445356451-1748446043.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...