Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

सिमित बजेटमा युवाको सक्रियता : शिखरकोट बजारको मुहार फेर्दै

FB_IMG_1752722871400-1752722885.jpg

थाहा नगरपालिका–६ स्थित शिखरकोटमा रहेको शिखर क्लबका युवाहरूले "सिमित बजेटमै पनि परिणाममुखी कार्य गर्न सकिन्छ" भन्ने उदाहरण प्रस्तुत गरेका छन्। स्थानीयस्तरमा बजार व्यवस्थापनका लागि नगरपालिकाबाट प्राप्त अत्यन्तै सानो बजेटलाई उपयोग गर्दै उनीहरूले जोश, जाँगर र समर्पणको मिसाल कायम गरेका छन्।

‎शिखरकोट क्षेत्रको बजार पहिले अव्यवस्थित, फोहोर र गाडी पार्किङ समस्या बोकेको अवस्थामा थियो। तर युवाहरूको पहलकदमीमा अब बजारको अनुहार फेरिएको छ। उनीहरूले बजेटको सीमालाई बाधा होइन, अवसरको रूपमा लिएर काम गरे। बजार व्यवस्थापनको लागि उपलब्ध थोरै रकममा स्वयंसेवा, श्रमदान, सामूहिक पहल र स्थानीय स्रोतसाधनको परिचालन गर्दै बजार वरिपरिका बाटो सफा, फोहोर व्यवस्थापन, पार्किङ व्यवस्थापन , सडक बत्ति व्यवस्थापन लगायतका कार्यहरू सम्पन्न गरिएका छन्।

‎शिखर क्लबका युवाहरूले नाफा वा प्रचारभन्दा पनि सामाजिक उत्तरदायित्वलाई प्रमुख मानेर काम गर्दै आएका छन्। उनीहरूको सक्रियताले समुदायमा पनि सकारात्मक सन्देश दिएको छ। "सरकारी वा गैरसरकारी निकायबाट ठूलो बजेट पर्खेर मात्रै काम गर्नुपर्छ भन्ने सोचको खण्डन गर्दै सानो बजेट र ठुलो सोचद्वारा परिवर्तन सम्भव हुन्छ," भन्ने संदेश शिखरकोटका युवाहरूले दिएको देखिन्छ।

‎यो उदाहरणले अन्य समुदाय, संघ–संस्थाहरूलाई पनि प्रेरणा दिएको छ कि युवाको सहभागिता र प्रतिबद्धता भएमा थोरै स्रोतसाधनबाट पनि दीर्घकालीन प्रभाव पार्ने कार्यहरू गर्न सकिन्छ। बजार व्यवस्थापनजस्तो साझा जिम्मेवारीमा युवाहरूको यस्तो अग्रसरता उदाहरणीय मात्र होइन, अनुकरणीय पनि हो।

FB_IMG_1752736875639-1752736937.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg