pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सिमभन्ज्याङमा ३५ फिट अग्लो राष्ट्रिय झण्डा राखियो।

FB_IMG_1722077169356-1722077239.jpg

मकवानपुर जिल्लाको सर्वाधिक उचाईमा रहेको थाहा नगरपालिका वडा नं. ४ स्थित पर्यटकीय क्षेत्र सिमभन्ज्याङमा  राष्ट्रिय झण्डा उत्तोलन गरिएको छ ।
श्रावण १२ गते थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख अतिथि र नगरपालिकाका उपप्रमुख भरत गोपाली सहित जनप्रतिनिधि, सञ्चारकर्मी, स्थानीयको उपस्थितिमा ३५ फिटको राष्ट्रिय झण्डा उत्तोलन गरिएको हो ।

उक्त झण्डा हेटौंडा उपमहानगरपालिका १० टिसिएन रोड बस्ने दिनेश डंगोलको व्यक्तिगत आर्थिक सहयोग  र ऋषेश्वर टोल बिकास संस्था तथा सिमभन्ज्याङ बजार व्यवस्थापन समितिको  सक्रीयतामा निर्माण गरी उत्तोलन गरिएको टोल बिकास संस्थाका सचिव अमित पाख्रीनले जानकारी दिए।
ऋषेश्वर टोल बिकास संस्थाका अध्यक्ष देवेन्द्र थोकरको अध्यक्षतामा सम्पन्न झण्डा उत्तोलन कार्यक्रममा थाहा वडा न ४ का अध्यक्ष नारायण लामा,कार्यपालिका सदस्य चन्द्रमाया बल,थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने,रोजगार संयोजक कुमार नेगी,नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा,बजार व्यवस्थापन समिती सिमभन्ज्याङका अध्यक्ष आनन्द भुजेल,झण्डा निर्माण दाता दिनेश डंगोल लगायतको उपस्थित रहेको थियो।
कार्यक्रममा नगर प्रमुख बिष्टले स्थानीय युवा हरुको सक्रियतामा सिमभन्ज्याङको पर्यटन व्यवसायमा बिस्तारै नयाँ युगको सुरुवात भएको जनाउदै दामन सिमभन्ज्याङको पर्यटन व्यावसायलाई चलामायन बनाउन यस्ता भौतिक संरचना निर्माण हुँदै जानुपर्नेमा जोड दिए।
कार्यक्रममा झण्डा निर्माण गर्न आर्थिक सहयोग गर्ने हेटौंडा १० का दिनेश डंगोललाई ऋषेश्वर टोल बिकास संस्था द्वारा सम्मानपत्र द्वारा सम्मानित गरिएको थियो।
यस अघि हेटौंडाकै समाजसेवी सिद्दिलाल श्रेष्ठ द्वारा सिमभन्ज्याङमा १८ फिट अग्लो बुद्धको मुर्ती स्थापना गरिएको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...