jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

सिद्धार्थ शिशुसदन माबिको तिहार शुभकामना कार्यक्रम सम्पन्न

1760710282960-1760710306.jpg

मकवानपुर । हेटौंडामा रहेको सिद्धार्थ शिशुसदन माध्यमिक बिद्यालयले तिहार बिशेष शुभकामना आदानप्रदान तथा देउसीभैलो प्रतियोगिता सम्पन्न गरेको छ ।
बिद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत शुक्रबार उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले देउसी भैलो सहित सांस्कृतिक कार्यक्रम  भएको थियो । साथै बिद्यार्थीहरुले रंगोली समेत बनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरेले बिद्यार्थीहरुको संस्कृति र परम्पराको ज्ञान विकासका लागि चाडपर्व लक्षित कार्यक्रमहरु महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा बिद्यालय सञ्चालक समिति अध्यक्ष नवराज अर्याल, पूर्व बिद्यार्थी समाज अध्यक्ष प्रदिप कंडेल, लाल खवर डटकमका सम्पादक राजकुमार के.सी., अभिभावक कृष्ण न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बिद्यालयमा अध्ययनरत बिभिन्न कक्षाका २० भन्दा बढी समूहले देउसी भैलो प्रस्तुत गरेका थिए ।
कक्षा नर्सरीदेखि १० कक्षासम्म अध्ययन हुने बिद्यालयमा हाल ९ सय ८० जना बिद्यार्थी अध्ययनरत रहेको बिद्यालयका प्रधानाध्यापक निर्मल तिमल्सिनाले बताए । प्रधानाध्यापक तिमल्सिनाका अनुसार बिद्यालयमा ६० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।

1760710286725-1760710307.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...