Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सामुदायिक विद्यालयको क्षमता बढाउन यातायात सहयोग:-मन्त्री मोक्तान

FB_IMG_1697205764556-1697206820.jpg

थाहा  नगरपालिकाको ११ मा रहेको सामुदायिक विद्यालय बागेश्वरी माबिमा बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय द्वारा प्रदान गरिएको स्कुल बसलाई औपचारिक हस्तान्तरण गरिएको छ।
२६ असोजमा विद्यालयमा आयोजित एक समारोह बिच बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले विद्यालयलाई बस हस्तान्तरण गरेका हुन।
प्रदेश सरकारले सामुदायिक विद्यालयको  क्षमता बढाउन यातायात सेवामा सहयोग गरेको मन्त्री मोक्तानले बताउनुभयो ।

 विद्यालयले आर्थिक व्यवस्थापन गर्न नसक्दा बस सञ्चालन गर्न सकेका थिएनन् सामाजिक बिकास मन्त्रालय बाट बस आएपछि सञ्चालनको अवस्थामा आइपुगेको वडा न ११ का अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश बलले बताए।

"बस सञ्चालन हुने भएपछि  विद्यालयसँग आफ्नो घरको भौतिक दूरी टाढा भएका विद्यार्थीलाई सहजता मात्र पुगेको छैन, अभिभावकले पनि ढुक्कसँग आफ्ना नानी बाबुहरुलाई सामुदायिक विद्यालय पठाउन पाउने  विद्यालयका प्रधानाध्यापक बिरमान स्याङ्तानले बताए।
मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा थाहा नगर प्रमुख बिष्णु बिष्टको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थी हरु छात्रवृत्ति प्रदान गरिनुका साथै उत्कृष्ट बिषय शिक्षक हरुलाइ सम्मान समेत गरिएको थियो।
कार्यक्रममा पुर्व वडा अध्यक्ष किरणमान बल,वडा न १ का अध्यक्ष हेरमान गोपाली,वडा न १२ का कार्यवाहक वडा अध्यक्ष युवराज जिम्बा,माओवादी थाहा नगर अध्यक्ष बिनोदकुमार लामा,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,संघसंस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो।

थाहाको ११ र १२ को एउटै मात्र माद्यामिक  सरकारी विद्यालय टाढा हुँदा आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई बालबालिका विद्यालय पठाउन निकै समस्या परेको थियो । सामुदायिक विद्यालयमा निःशुल्क खाजा समेत पाइने र जान–आउन बस सुविधा भएसँगै विद्यार्थीको चाप बढ्ने प्रष्ट देखिने थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताए।
समारोहमा विद्यार्थी हरुले दशैं बिशेष सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

 

FB_IMG_1697205794755-1697206821.jpg
FB_IMG_1697205791366-1697206844.jpg
FB_IMG_1697205787710-1697206844.jpg
FB_IMG_1697205783308-1697206882.jpg
FB_IMG_1697205767658-1697206882.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...