pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय कार्यसमिति थाहानगरको प्रथम परिषद बैठक सम्पन्न

FB_IMG_1717242738989-1717242871.jpg

सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय कार्यसमिति थाहानगरको प्रथम परिषद बैठक १९ जेठमा सम्पन्न भएको छ ।

थाहा नगरपालिका वन, वातावरण तथा विपद व्यवस्थापन समितिको संयोजक एवम् वडा नं. ३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको प्रमुख आतिथ्यता तथा स्थानीय महासंघ अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 

परिषद बैठकसमक्ष अध्यक्ष गणेशमान श्रेष्ठले स्थानीय महासंघको प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८१।८२ को कार्यक्रमहरु प्रस्ताव गरेका थिए । परिषदले आगामी वर्षका लागि दर्ता प्रक्रियामा रहेका सामुदायिक वनहरुलाई दर्ताको लागि सहजीकरण गर्ने, नवीकरणको प्रक्रियामा रहेका सामुदायिक वनहरुको नवीकरण गर्ने तथा कार्ययोजनाको अवधि सकिएका सामुदायिक वनहरुको नवीकरणका लागि आवश्यक सहजीकरण गर्ने, सामुदायिक वनमा संरक्षण पोखरीहरु निर्माण गर्न पहल गर्ने, सामुदायिक वनहरुको संस्थागत विकासका लागि कार्यक्रम संचालन गर्ने, सामुदायिक वनहरुमा आयमूलक कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने,  वन संरक्षणसम्बन्धमा आवश्यक जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, सामुदायिक वन भित्र खाली ठाउँमा जडिबुटी नमूना खेती गर्न प्रोत्साहन गर्नुका साथै आवश्यक व्यवस्थाका लागि कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । त्यसैगरी इको टुरिजमको लागि सम्भावित सामुदायिक वनहरुको पहिचान गरी पर्यटकीय क्षेत्रहरुको विकास गर्ने र स्थानीय वन ऐन संसोधनको लागि पहल गर्ने निर्णय पनि गरेको छ । 

थाहा नगरपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा वन तथा वातावरणको विषयलाई समेट्न स्थानीय महासंघको तर्फबाट आवश्यक सुझाव पेश गर्ने पनि परिषदले निर्णय गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथि रायमाझी, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, सब डिभिजन वन कार्यालय चित्लाङका प्रमुख श्रीकृष्ण न्यौपाने लगायतले थाहा नगरको वन विकासको बारेमा मन्तव्य राख्दै परिषदको सफलताको शुभकामना दिएका थिए ।

स्थनीय महासंघ सचिवालय सदस्य विनोद केसीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त बैठकमा परिषद सदस्यहरुको सहभागिता रहेको थियो । 
 

FB_IMG_1717242748096-1717242871.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...