pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न

FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता सुदृढीकरण सम्बन्धी सहकारी क्षमता अभिवृद्धि” विषयक एक दिवसीय तालिम सम्पन्न भएको छ।
तालिममा मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल ले सहकारी संस्थाको संस्थागत विकास, सुशासन, पारदर्शिता तथा कार्यक्षमता अभिवृद्धिका विषयमा अभिमुखीकरण गरेका थिए।
कार्यक्रमको उद्घाटन गर्दै थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल ले सहकारी संस्थाका सञ्चालक, कर्मचारी तथा शेयर सदस्यहरूको इमान्दार र जिम्मेवार प्रयासबाट मात्रै सहकारी क्षेत्र सुदृढ बन्न सक्ने बताए। उनले सहकारीले आर्थिक विकाससँगै समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।
पौडेलले सहकारी संस्थाहरूलाई पारदर्शी, उत्तरदायी र सदस्यमुखी बनाउँदै लैजान आवश्यक रहेको बताउँदै सुशासनको अभ्यासले सहकारीप्रतिको विश्वास अझ मजबुत हुने धारणा व्यक्त गरे।
थाहा नगरपालिका सहकारी शाखा प्रमुख सुदर्शन पहेँली का अनुसार तालिममा नगरभित्र रहेका विभिन्न सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा कर्मचारी गरी ६० जनाको सहभागिता रहेको थियो।
सहकारी संस्थाको क्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त तालिमले सहभागीहरूलाई सहकारी व्यवस्थापनका व्यवहारिक पक्षबारे थप ज्ञान र सीप प्रदान गरेको आयोजकले जनाएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...