himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

सहकारी समस्या समाधान गर्न संघीय सरकारलाई ज्ञापनपत्र

FB_IMG_1685269464079-1685269495.jpg

राज कुमार के.सी.
हेटौंड, १४ जेठ/राष्ट्रिय सहकारी महासंघ, सहकारी समस्या समाधान सहजीकरण कार्यदलले घोषण गरेको आन्दोलनका कार्यक्रम अन्तरगत आईतबार मकवानपुरको प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई १३ बुँदे माग सहित ज्ञापनपत्र बुझाईएको छ ।
सहकारी समस्या समाधान सहजीकरण संयन्त्र, मकवानपुरको संयोजनमा मकवानपुरका सहकारी अभियानको तर्फबाट ज्ञापनपत्र बुझाईएको हो ।
बर्तमान बिशम परिस्थितिले निम्त्याएका समस्या र त्यसको समाधानका लागि सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा भएका प्रवद्र्धनात्मक ब्यवस्थाहरु यथाशिघ्र कार्यान्वयनका लागि सहकारी अभियानले गत बैशाख १७ गते सरकार समक्ष पेश गरेको मागहरुलाई सरकारले हालसम्म बेवास्ता गरेको र सो मागहरु संवोधन गर्न अनिवार्य भएकोले उक्त मागहरु सम्बोधन नभएसम्म संघर्षका कार्यक्रमहरु गर्नुपर्ने अवस्था आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 
ज्ञापनपत्रमा सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा ब्यवस्था भएको “कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायीकरण, बचत तथा कर्जा सुरक्षण कोष” तत्काल स्थापना हुनुपर्ने, सरकारले सहकारीमा देखिएका तरलता ब्यवस्थापनका लागि राष्ट्रिय सहकारी बैंकमार्फत सहुलियत ब्याजदरमा ३ बर्षसम्मका लागि १० अर्ब रकम उपलब्ध गराउन पर्ने, बजार अनुसार ब्याजदर निर्धारण हुने स्वचालित प्रणलीको विकास गर्नपर्ने, सहकारी क्षेत्रलाई दीगो, मर्यादित, सुशासित बनाउन सहकारी संघ संस्थाहरुको प्रभावकारी अनुगमनका लागि “दोस्रो तहको नियामक संंस्था” तत्काल स्थापना हुनपर्ने, हाल बित्तिय सहकारी संस्थाहरुको दर्ता, कार्यक्षेत्र बिस्तार र सेवाकेन्द्र स्वीकृतिमा तत्कालै रोक लगाउनु पर्ने, सहकारीको दीगोपनाको लागि सहकारी अभियानसंगको समन्वयमा छुट सुबिधा र प्रोत्सहान सहितको “एकीकरण प्याकेज कार्यक्रम” तत्काल घोषण गरी कार्यान्वयन गर्नुपर्ने, बिद्यमान असहज परिस्थितिका कारण करचुक्ता लिन बाँकी रहेका सहकारी संस्थाहरुका लागि २०८० असार मसान्तसम्म म्याद थप गर्नुपर्ने, बिषम परिस्थितिका कारण कार्यालय सुचारु गर्न समस्यामा परेका केही सहकारी संघ÷संस्था सञ्चालनको वातावरण बनाउन कम्तीमा २ बर्षको कूलिङ अवधि घोषणा गर्नुपर्ने, सहकारी संघ÷संस्थाहरु निर्वाध रुपमा सञ्चालन गर्न तत्काल नेपाल सरकार, गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशमासन कार्यालयमा सुरक्षा सम्वन्धि परिपत्र जारी गर्नपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।
मकवानपुर जिल्लामा सहकारी अभियानमा समस्या नदेखिएतापनि राष्ट्रिय रुपमा समस्या उत्पन्न आएकोले सो समस्या समाधानको लागि राज्यको स्पष्ट नीति आवश्यक भएकोले ज्ञापनपत्र दिईएको मकवानपुर जिल्ला सहकारी संघ लि.का उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण संयन्त्र, मकवानपुरका संयोजक मेनुका घिमिरेले बताउनुभयो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, सचिव प्रतिमा श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बिरेन्द्र प्रसाद ढुंगाना, कोषाध्यक्ष बिष्णु माया लामा, ब्यवस्थापक सुमित्रा कुमारी वाईबा, मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहाल, कृषि सहकारी संघ मकवानपुरका ब्यवस्थापक नरेश आचार्य, दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लि.का सहायक ब्यवस्थापक ईश्वरी शिल्पकार, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, नेप्स्कुन फिल्ड कार्यलय हेटौंडाकी ईञ्चार्ज ज्योति महत लगायतको सहभगिता रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg