jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

सहकारी ब्यवस्थापन तथा सुदृढीकरण तालिम सुरु

FB_IMG_1750607889271-1750608010.jpg

मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघको आयोजना एवम् बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा दुई दिने सहकारी ब्यवस्थापन तथा सुदृढीकरण तालिम हेटौंडामा सुरु भएको छ । 

मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटाको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले सहकारीले पूरा गर्नुपर्ने दायित्व इमानदातिताका साथ पूरा गर्नुपर्ने बताए ।
मन्त्री श्रेष्ठले सहकारीका कारण रोजगारीको सृजनासंगै सदस्यहरुलाई आत्मनिर्भर बन्न सहयोग गरेको बताए ।
उद्घाटन मन्तव्यकै क्रममा मन्त्री श्रेष्ठले सहकारीका उत्पन्न समस्या समाधानको लागि प्रदेश सरकार लागिरहेको बताए । 

आईतबार सम्पन्न उद्घाटन कार्यक्रममा मकवानपुर प्रदेश सहकारी संघका संचालक तथा जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकि उपाध्यक्ष मीना चौरेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका संचालक इन्द्रप्रसाद खतिवडा, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरकि उपाध्यक्ष शर्मिला डंगोल, सहकारी तथा गरिबी निवारण मन्त्रालयकि बजेट, योजना तथा अनुगमन शाखा प्रमुख शर्मिला सिजापती लगायतको आतिथ्यता रहेको थियो । 

सोमबारसम्म संचालन तालिममा मकवानपुर जिल्लाका सहकारी संघ, संस्थाका संचालक समिति तथा  लेखा समितिका पदाधिकारी र कर्मचारी गरि ४० जनाको सहभागिता रहेको छ ।
तालिमलाई सहकारी प्रशिक्षक नवराज खनालले सहजीकरण गर्नेछन् ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...