Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

सहकारी दिवस मनाउन बिभिन्न समिति गठन

CamScanner-०३-२९-1680106747.jpg

मुकेश गोले,हेटौंडा, १३ चैत्र/ “सहकारीको दिगोपन, स्वनियमन र सुशासन” भन्ने नाराका साथ ६६ औं सहकारी दिवस बिभिन्न कार्यक्रम गरी हरेक बर्ष झै यस बर्ष पनि भब्यरुपमा मनाईने भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौडामा प्रदेश स्तरमा सहकारी दिवस मनाउनको लागि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल समारोह समिति गठन भईसकेको छ । समितिले बागमती प्रदेशभरका सहकारी संघ संस्थाहरुले सहकारी दिवसलाई प्रभावकारी रुपले सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।

सहकारी दिवस मनाउने क्रममा चैत्र १५ गतेदेखि यसबर्षको नारा “सहकारीको दिगोपन, स्वनियमन र सुशासन” उल्लेख गरी सहकारीको कार्यालयमा सहकारी दिवसको ब्यानर राख्ने, सामाजिक संजालमा शुभकामना आदानप्रदान गर्ने, संचारमाध्यममा बर्तमान अवस्थामा सहकारीको अवसर चुनौती बिषयमा लेख अन्तर्वार्ता प्रकाशन, प्रशारण गर्ने, चैत्र १८ गते रक्तदान कार्यक्रम गर्ने, १९ गते मानबसेवा आश्रम हेटौडामा खाद्यान्न बितरण गर्ने, २० गते बिहान भुटनदेबी माबि हेटौंडाको चौरबाट प्रभातफेरी र्‍याली सहित बजार परिक्रमा गरि पल्पसा हलमा प्रबचन, पुरस्कार बितरण गर्ने र २० गते साँझ प्रदेश भरका सहकारी संघ संस्थाको कार्यालयमा दीप प्रज्वलन सहित सहकारी दिवसको समापन गर्ने कार्यक्रम रहेको मूल कार्यक्रम संयोजक नारायण प्रसाद देबकोटाले बताउनुभयो ।

यसैक्रममा बुधबार हेटौंडामा भएको ६६ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको सचिवालय बैठकले सहकारी दिवस भब्यताका साथ मनाउन बिभिन्न समितिको गठन गरेको छ ।

१८ गते बिहान बुद्ध चोकमा हुने रक्तदान कार्यक्रमको संयोजन गर्नको लागि जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, नेप्स्कुन फिल्ड कार्यालय हेटौंडा, राष्ट्रिय सहकारी बैंक हेटौंडालाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी १९ गते मानबसेवा आश्रम हेटौंडामा खाद्यान्न बितरणको लागि मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ, कृषि सहकारी संघ मकवानपुर लाई जिम्मेवारी तोकिएको छ ।

तेस्तै मकवानपुर जिल्लाका विषयगत सहकारी संघहरुले उपलब्ध गराउने स्वयंसेवकहरुको संयोजन गर्ने गरि जिल्ला बहुउद्देश्यीय सहकारी संघका ब्यवस्थापक महेश अधिकारी संयोजक रहनेगरि स्वयंसेवक ब्यवस्थापन समिति गठन गरेको छ । 

साथै जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका ब्यवस्थापक सुमित्रा कुमारी वाईबाको संयोजकत्वमा मकवानपुर जिल्लाका विषयगत सहकारी संघहरुका ब्यवस्थापकहरु रहनेगरी मूल समारोहको मन्च ब्यवस्थापन समिति गठन गरिएको छ ।

सहकारी दिवसको मूल कार्यक्रम प्रभातफेरी र्‍याली सहितको प्रवचन कार्यक्रमको मुल्यांकन गर्न बिरेन्द्र प्रसाद ढुंगानाको संयोजकत्वमा पुरुषोत्तम मिश्र, हिम प्रसाद पौडेल, बिमला कार्की, शर्मिला महत सदस्य रहनेगरी मुल्यांकन समिति गठन गरेको छ ।

बैठकले सहकारी दिवसको प्रचारप्रसारकोलागि राज कुमार के.सी. लाई प्रेस संयोजकको जिम्मेवारी दिएको छ ।

सहकारी दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौडामा मूल कार्यक्रम हुनेछ भने प्रदेशका सबै जिल्ला र पालिका तहमा विविध कार्यक्रम सहित सहकारी दिवस मनाईने मूल समारोह समिति कार्यालय सचिब गोबिन्द दाहालले  बताउनुभयो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg