Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

सहकारी दिवस मनाउन प्रदेश स्तरीय समिति गठन

1710332245214-1710332258.jpg

हेटौंडा, ३० चैत्र/बागमती प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउनको लागि १ हजार एक सदस्यीय  मूल समारोह समिति गठन गरिएको छ ।
बुधबार मकवानपुर जिल्ला सहकारी संघको आयोजनामा हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडाको सभाहलमा भएको सहकारी सञ्जालको बैठकले बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको हो ।
साथै सहकारी दिवसलार्ई अनुशासित, ब्यवस्थित र मर्यादित रुपमा भब्यताका साथ सम्पन्न गर्न बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनीलाई प्रमुख सल्लाहकार, सहकारी महासंघका सञ्चालक बद्री प्रसाद लम्साल र केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक बिदुर हुमागाईलाई सल्लाहकार मनोनयन गरिएको छ । 
मूल समारोह समितिको सहसंयोजकमा बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण घिमिरे र सदस्य सचिवमा बागमती प्रदेश सहकारी माहाशाखाका रजिष्ट्रार रोहित पोखरेल रहेका छन् ।
मूल समारोह समितिमा राष्ट्रिय सहकारी महासंघका बागमती प्रदेश भित्रका सञ्चालक र लेखा समितिका सदस्यहरु, राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश भित्रका सञ्चालक र लेखा समितिका सदस्यहरु, केन्द्रिय विषयगत सहकारी संघका बागमती प्रदेश भित्रका सञ्चालक र लेखा समितिका सदस्यहरु, बागमती प्रदेश सहकारी संघ लि. र बिषयगत सहकारी संघका सम्पूर्ण सञ्चालकहरु, बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका लेखा अधिकृत विनोद प्रधान, योजना अधिकृत उत्तम चापागाई, प्रशासन प्रमुख बिजय बिडारी, अधिकृत दिपकराज मिश्र, बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्ला सहकारी संघका संचालक, लेखा समिति र पूर्व अध्यक्षहरु, ब्यवस्थापकहरु, राष्ट्रिय सहकारी बैंक बामगमती प्रदेश कार्यालय हेटांैडा, नेप्mस्कुन फिल्ड कार्यालय हेटौंडा, मूल कार्यक्रममा सहभागी हुने स्थानिय पालिका भित्रका प्रारम्भिक सहकारी संस्थाका अध्यक्षहरु, समन्वय समिति गठन भएका पालिका स्तरिय समन्वय समितिका संयोजकहरु रहने सहकारी दिवस मूल समारोह समितिका कार्यालय सचिव गोबिन्द दाहालले बताउनुभयो । 
बैठकले सहकारी दिवसको गतिबिधि र कार्यक्रमलाई ब्यवस्थित बनाउन आवश्यक समन्वय गर्नका लागि सचिवालय समेत गठन गरेको छ ।
सचिवालयमा मूल आयोजक समिति संयोजक देवकोटा, सहसंयोजक बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, सदस्य सचिव बागमती प्रदेश सहकारी माहाशाखाका रजिष्ट्रार रोहित पोखरेल, सदस्यहरुमा राष्ट्रिय सहकारी महासंघको बागमती प्रदेशका सञ्चालकहरु, केन्द्रीय बिषयगत सहकारी संघ लि.का सञ्चालकहरु, बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका अधिकृत रमेश पौडेल, बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यालय प्रमुख प्रतिमा सापकोटा, हेटौडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौंडेल, बागमती प्रदेश सहकारी संघका ब्यवस्थापक रुपक घिमिरे, बागमती प्रदेश बिषयगत सहकारी संघका अध्यक्ष र ब्यवस्थापकहरु, मकवानपुर जिल्लाका बिषयगत सहकारी संघका अध्यक्ष र ब्यवस्थापकहरु रहेका छन् ।
६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत्र महिनाभर प्रदेशभरका सहकारी संघ संस्थाहरुले विविध रचनात्मक कार्यक्रम सहित मनाउने संयोजक नारायणप्रसाद देवकोटाले बताउनुभयो ।
नेपालको पहिलो सहकारी चितवनको बखान ऋण सहकारी स्थापना भएको दिन हरेक बर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस  विविध कार्यक्रम सहित मनाउ“दै आईएको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg