himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

1711644231179-1711644300.jpg

हेटौंडा, १५ चैत्र/ ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा सहकारी संस्थाबाट गरिने ‘ऋण लगानी तथा असुलीका कानुनी प्राबधान र सरोकारवालाहरुको भूमिका’ बिषयमा सरोकारवाला र सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार बागमती प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको आयोजना तथा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी विकास बोर्डको सहयोगमा भएको अन्तरक्रिया कार्यक्रम प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको अध्यक्षता तथा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशका सचिव हरिशरण पुडासैनीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पुडासैनीले सहकारी संघ संस्थाहरु नीति, बिधि र प्रविधिमा आधारित भई सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्सालले सहकारी दिवसको अवसरमा महासंघले निर्धारण गरेको “सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नारालाई सार्थक बनाउन सम्पूर्ण सहकारी संघ संस्थाहरुको जिम्मेवारी भएको बताए ।
त्यस्तै बागमती प्रदेश सहकारी रजिष्ट्रार रोहित पोखरेलले सहकारीका सदस्यहरु गम्भिर र ईमान्दार भए सहकारीमा समस्या नआउने बताए ।
मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठले सहकारी दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुका साथै अन्तरक्रिया कार्यक्रमले सहकारीमा उत्पन्न समस्याको समाधान गर्ने उपाय निस्कने बताईन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीले राखेका जिज्ञाशाको सरोकारवालाहरुको तर्फबाट मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, मालपोत कार्यालयका अधिकृत भिम परियार, बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका कानून अधिकृत मनोज गुप्ता, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला कृषि सहकारी संघ मकवानपुरकी उपाध्यक्ष रेखा खतिवडा, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका सञ्चालक ईन्द्रप्रसाद खतिवडाले जवाफ दिनुभएको थियो । अन्तरक्रिया कार्यक्रमको मध्यस्तता सञ्चारकर्मी सुरेश श्रेष्ठले गरेका थिए ।
हरेक बर्ष झैं यसबर्ष पनि “सहकारीमा सुशासन ः प्रविधि र एकीकरण” भन्ने नाराका साथ विविध कार्यक्रम सहित सहकारी दिवस सप्ताहब्यापी रुपमा मनाईदै छ । 
राष्ट्रिय सहकारी दिवसकै अवसरमा चैत्र १६ गते देखि १९ गतेसम्म सहकारी संघ संस्थाहरुले सहकारी दिवस लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, २० गते बिहान ७ः०० बजे हेटौंडा १ चौकीटोलको रोपवे चौरबाट प्रभातफेरी सुरु भई रोयल प्यालेस हेटौंडामा प्रवचन, पुरस्कार तथा सम्मान वितरण गरिने र साँझ बागमती प्रदेश भरका सहकारी संघ संस्थाहरुले दिपावली गरी सहकारी दिवस मनाउने मूल समारोह समितिका कार्यालय सचिव गोबिन्द दहालले बताए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg