Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो

1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा। 
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान २०८२ प्रभावित भएको बताएका छन्। 

आज हेटौंडा औधोगिक क्षेत्रमा आयोजित अखिल नेपाल औधोगिक मजदुर संघको नवौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्नेक्रममा शिक्षकहरुको आन्दोलनले भर्ना अभियान प्रभावित भएकोबारे चर्चा गर्दै नेता गौतमले भने, “ शिक्षकहरुले शिक्षा ऐन माग्नुभएको छ। जुन सरकार स्वयम्को दायित्व हो । यसलाई समयमै सम्बोधन गर्ने दायित्वबाट सरकार चुकिरहेको छ । १७ औं दिनमा आईपुग्दा बल्ल प्रधानमन्त्रीको घैंटोमा घाम लागेर भेटेको जस्तो देखियो। सरकारको यो स्तरको नालायकीपनले भर्ना अभियान प्रभावित भयो।” 
हज्जारौं शिक्षकहरु दिनहॅु सडकमा आईरहनु भएको सन्दर्भलाई संसदको विशेष अधिवेशन डाकेर शिक्षा ऐन पारित गर्ने अवसरको रुपमा उपयोग गर्नुपर्ने नेता गौतमको तर्क छ। 

सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष बेनि तिमल्सिनाले सरकारले श्रम ऐन संशोधन गर्न तत्परता नदेखाए मजदुरहरुले संघर्षको अॅाधीबेहरी ल्याउने चेतावनी दिए। त्यसैगरी संघका केन्द्रीय उपाध्यक्ष होम बहादुर खड्का, माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य सर्केश घलान, जिल्ला सचिव बीरबहादुर घलान, पार्टीका प्रदेश सदस्य बिबेक राई, संघका पूर्व अध्यक्ष बिष्णु राना, ज्ञानेन्द्र लामिछाने लगायतले औधोगिक मजदुरका चुनौती र कार्यभारको चर्चा गरेका थिए। 

सम्मेलनले शंकर विडारीको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको छ। 
समितिको उपाध्यक्षमा जयराम धिताल, गोमा न्यौपाने, धर्मदत्त कुईंकेल, सचिवमा कृष्ण भण्डारी, सह- सचिवमा रोहित गिरी, कोषाध्यक्षमा  शिवराज सन्जेल, सदस्यहरुः- लक्ष्मण छत्कुली, बिष्णु मुक्तान, मुकुन्द भट्टराई, हेमकान्त पौडेल, भरत कार्की, हरी पाठक, हस्तकुमारी प्रजा, राजन बर्तौला र उत्तम तिमल्सिना रहेकाछन्।

1745069256778-1745069369.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg