himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

सरकारी माध्यम एनटिभीलाई काउन्सिलले गरायो सचेत

download-(3)-1668691708.jpg

 

काठमाडौं । प्रेस काउन्सिल नेपालले चुनावी समाचार सम्प्रेषणमा सन्तुलन कायम नराखेको भन्दै सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनलाई सचेत गराएको छ । हरेक दिनका समाचार र समाचामूलक कार्यक्रम एनटिभी न्यूज लाइन एक पक्षीय भएको भन्दै त्यस्तो प्रवृत्ति रोक्न पत्र काटेको हो । ३ दिन अघि नै काउन्सिलले त्यस्ता सामाग्रीको क्लीप झिकाउन पत्र काटेको थियो । त्यसैका आधारमा काउन्सिलले पत्र काटेको हो । उपर्युक्त सम्बन्धमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता नियमित अनुगमनका साथै यही ०७९ मंसिर ०४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्र्दभमा सञ्चार माध्यमहरूमा आचारसंहिता पालना भए÷नभएको विषयमा समेत अनुगमन गरिरहेको यहाँलाई जानकारी गराउँदछौ । कुनै राजनीतिक दल एवं गठबन्धनका उम्मेदवारहरुको घरदैलो अभियानदेखि विभिन्न सभा÷सम्मेलनमा बोलेको सामग्री एवं निवार्चनको गतिविधिलाई मात्रै बारम्बार प्राथमिकताका साथ स्थान दिइएको र अन्य दलका सामग्रीलाई अत्यन्तै न्यून स्थान दिइ सम्प्रेषण भएको प्रारम्भिक अनुगमनबाट देखिन आएको छ । जसबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(६) र निर्वाचन आचारसंहिता, २०७९ को दफा २५ (ख) र २५(च) आकर्षित भएको भन्दै रोक्नका लागि पत्र पठाएको काउन्सिलका एक सदस्यले जानकारी दिए । निर्वाचनको सन्दर्भमा कुनै राजनीतिक दल वा दलका उम्मदवारलाई मात्र प्राथमिकतामा राखी निर्वाचनमा भाग लिने अन्य कुनै दललाई न्युन स्थान प्रदान गर्नुले सन्तुलन गुम्न जाने हुँदा पत्रकारिताको निष्पक्षता, विश्सनियता र पेसागत मर्यादा कायम राख्दै सामग्रीको सन्तुलनमा सावधानी अपनाउनतर्फ समेत निर्णयानुसार सचेत गराइन्छ, पत्रमा भनिएको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg