pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सबै धर्म र संस्कृतिको संरक्षणमा थाहा नगर कटिबद्ध छ:- नगर प्रमुख बिष्ट

425854632_131058888629728-1707400393.jpg

थाहा नगरपालिका ४ माथिल्लो भेगमा  बसोवास गर्ने तामाङहरुले २८६९ मन्जुश्री संवत्(डुक ल्हो)गरुड बर्ष सोनाम ल्होछार  ठुलोमाखुमा मनाएका छन् ।

स्थानीय तामाङ समुदायको  आयोजनामा ल्होछारका अवसरमा २५ माघमा गरिएको चेलीबेटी भेटघाट तथा साँस्कृतिक कार्यक्रममा थाहा ४ को माथिल्लो भेगमा  बसोवास गर्ने तामाङहरु आफ्नो वेशभूषामा उपस्थित थिए ।

कार्यक्रममा सहभागि प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले सबै जातजातिको मौलिक अधिकार सुनिश्चित गर्न र संस्कृतिलाई जोगाई नयाँ उचाइमा पुर्याउन ल्होछारले ठूलो भूमिका खेल्ने बताउदै,सबै धर्म र संस्कृतिको जगेर्ना गर्न थाहा नगरपालिका सदैव तयार रहेको बताउनुभयो।
बिष्टले तामाङहरु विश्वको कुनै पनि स्थानमा बसोबास गरे पनि आफ्नो मौलिकतालाई जोगाइराख्न आआफ्नो ठाउँबाट पहल गरिनुपर्ने बताउदै ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नुभयो।
कार्यपालिका सदस्य तथा आयोजक समितिको संयोजक चन्द्रमाया थिङको सभापतित्वमा भएको ल्होछार कार्यक्रममा थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टको प्रमुख आतित्थ्यता संगै वडा न ४ का अध्यक्ष नारायण लामा,वडा सदस्य हरु सुन्दर केसी,अक्षय कुमार थिङ,शान्ती बिश्वकर्मा,भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,कुण्डलदेवी बहुउद्देश्यीय सहकारीका अध्यक्ष शिवकुमार खत्री,पत्रकार शम्भु अधिकारी,नेपाल दलित मुक्ति मोर्चाका प्रदेश सचिव जमिन दियाली,माओवादी केन्द्र थाहा ४ का सदस्य मिना लामा,थाहा कोशेली घरका संयोजक राजकुमार पन्त लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रममा तामाङ संस्कृति ,भेषभुषा,तामाङ खानाका परिकारका साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

425881006_131058999296383-1707400564.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...