pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सडक मानवमुक्त राष्ट्र घोषणाका लागि थाहा नगरको प्रतिवद्धता

FB_IMG_1749268978532-1749269006.jpg

सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्न मकवानपुरको थाहा नगरपालिकाले प्रतिवद्धता जनाएको छ । पालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्न मानवसेवा आश्रमले सहकार्यका लागि प्रस्ताव पेश गरेको थियो । थाहानगरले आश्रमसँग सहकार्य गर्दै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण घोषणा र कार्यान्वयनको लागि प्रतिवद्धता जनाएको हो ।
मानवसेवा आश्रमले मानवता प्रवद्र्धन महाअभियानमा गरेको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी बजेटमा आश्रमको स्तरउन्नतिको निम्ति सहयोग गर्ने नगर प्रमुख विष्णु बहादुर विष्टले बताए । त्यस्तै, उनले थाहा नगरपालिका क्षेत्र र पुरै नेपाललाई नै सहायोगापेक्षी सडक मानवमुक्त बनाउने कार्यमा आश्रमसँग आवश्यक सहकार्य गर्न प्रतिवद्ध रहेको बताए ।
सडक मानवको उद्दार, संरक्षण र पुनःस्थापनामा संलग्न संघसंस्थासँग समन्वय र सहकार्य गरी वि.स. २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाइनेछ भन्ने नेपाल सरकारको घोषणा कार्यान्वयन गर्न ऐक्यवद्धता रहेको पत्रमा उल्लेख छ । सोही समयमा पालिका र आश्रमबीच स्नेहमिलन कार्यक्रम भएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, ३ नम्बर वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी, ७ नम्बर वडाध्यक्ष शिवराज थिङ, ८ का अध्यक्ष हेम लामा तथा अन्य जनप्रतिनिधि, कर्मचारीलगायत विभिन्न संघसंस्थाको प्रतिनिधिको सहभागिता रहेको थियो ।

FB_IMG_1749268997413-1749269006.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...