himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

सञ्चारमा सुरक्षित कार्यस्थल निर्देशिका मस्यौदा हस्तान्तरण

Screenshot_20220720-19080-1658323580.png

सम्झना पौडेल /काठमाडौ 

सञ्चार क्षेत्रका लागि कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे निर्देशिकाको मस्यौदा तयार पारिएको छ । सञ्चार प्रतिष्ठान र मिडियाको समग्र क्षेत्रको कार्यस्थललाई सुरक्षित गर्न संयन्त्रको आवश्यकता महसुस गरेर प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ र यस क्षेत्रमा कार्यरत सङ्घसंस्था एवं विज्ञहरूबिच छलफलसहित निर्देशिकाको मस्यौदा तयार भएको हो । 

मिडिया एडभोकेसी गु्रप (म्याग), सहयोगी संस्था सोलिडारिटी सेन्टर नेपालले संयोजनमा विभिन्न प्रदेशमा भएको अन्तक्रियासहित तयार मस्यौदालाई बुधबार काउन्सिल र महासङ्घलाई बुझाइएको हो । 

म्यागका निर्देशक बबिता बस्नेतले उक्त मस्यौदा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत र महासङ्घ अध्यक्ष विपुल पोखरेललाई हस्तान्तरण गर्नुभयो । 
उक्त मस्यौदामाथि दुवै संस्थाबीच थप छलफल र गृहकार्य गरी कार्यान्वयन तहमा लैजाने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । 

यसअघि काउन्सिलका अध्यक्ष बस्नेत, महासङ्घका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महसङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, मिडिया एड्भोकेसी गु्रपका अध्यक्ष अनिता बिन्दु र निर्देशक बबिता बस्नेत रहेको निर्देशिका मस्यौदा समिति गठन भएको भयो । 

समितिको तर्फबाट प्रारम्भिक मस्यौदा तयार भई सातै प्रदेशलाई समेट्ने गरी विराटनगर, जनकपुर, चितवन, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छलफल भयो । प्रदेशस्तरीय छलफलमा आएका सुझावहरूलाई समेत समेटेर काठमाडौँमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सञ्चार सचिव डा.वैकुण्ठ अर्याल, काउन्सिलका अध्यक्ष, महासङ्घका अध्यक्षसहित सञ्चार गृहका व्यवस्थापन तथा सम्पादकीय प्रमुख र यस क्षेत्रका विज्ञसमेतको सहभागितामा राष्ट्रिय तहको छलफल कार्यक्रम गरिएको थियो । यी सबै कार्यक्रम र समितिमा भएको गहन छलफलपश्चात सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल निर्देशिका, २०७९ को अन्तिम मस्यौदा तयार भएको हो ।
 
प्रस्तावना, सात खण्ड र १७ बुँदा रहेको संलग्न मस्यौदामा परिभाषा, निर्देशिकाको उद्देश्य, निर्देशिकाको क्षेत्र, कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहार, हिंसा तथा दुव्र्यवहारबाट संरक्षण तथा रोकथाम, तालिमको व्यवस्था, गुनासो सुनुवाई, गुनासो सुनुवाई समिति, गुनासोकर्ताको संरक्षण, गुनासो सुनुवाई सम्बन्धी कार्यविधि, निरीक्षण, अनुगमन तथा कारवाहीलगायतको व्यवस्था रहेको छ । 
प्रतिवेदन बुझाउँदै म्यागका निर्देशक बबिता बस्नेतले कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे खुलेर बोल्न र आगामी दिनमा हिंसा रोक्न यो निर्देशिकाले सहयोग पुग्ने विश्वास राख्नुभयो । 
महासङ्घका अध्यक्ष विपुल पोख्रेलले नेपाली पत्रकारिता जगतमा एउटा महत्वपूर्ण कामले आकार लिएको भन्दै पत्रकार महासंघले यसलाई कार्यान्वयनमा लैजाने सन्दर्भमा आवश्यक समन्वय गर्ने बताउनुभयो । 

मस्यौदा लेखनको संयोजन समेत गर्नुभएका महासङ्घका पूर्व अध्यक्ष डा.महेन्द्र विष्टले म्याग र सोलिडारीटी सेन्टरलाई धन्यवाद दिँदै मिडिया क्षेत्रमा जो कोहीपनि कार्यस्थलमा सुरक्षित हुनुपर्छ भन्ने ध्येयका साथ यो निर्देशिका तयार भएको बताउनुभयो । 

काउन्सिल अध्यक्ष बस्नेतले छोटो अवधिमा यति महत्वपूर्ण दस्तावेज तयार हुने रहेछ भन्ने उदाहरण निर्देशिका रहेको भन्दै यसलाई चाँडै अन्तिम रुप दिइने जानकारी दिनुभयो । उहाँले यसको कार्यान्वयनले कार्यास्थलमा हिंसा रोक्ने मात्र नभई मिडियाका कन्टेन्टमै सुधार ल्याउने समेत बताउनुभएको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg