Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

संविधानमा लेखिएको कुरा पूरा गरेका हौ:-मन्त्री श्रेष्ठ

1649416995863-1649420088.jpg

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले संबिधानमा लेखिएको अधिकार जनतालाई दिने प्रतिबद्धता अन्तर्गत भुमिहिनलाई पुर्जा बितरण कार्य गरिएको बताउनुभएको छ । मकवानपुरको वाग्मती गाउँपालिकामा भूमिहिन दलित तथा सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
जनताले बलिदानी दिएर ल्याएको अधिकार स्वरुप प्राप्त संबिधानमा उल्लेख भएको अधिकार जनतालाई बितरण गर्न कसैले रोक्न नसक्ने बताउदै मन्त्री श्रेष्ठले ४ महिनामा २० हजार भुमिहिन जनतालाई जग्गाको लालपुर्जाधनी प्रमाणपत्र बितरण गरिएको जनाउनुभयो ।
संबिधान बनेर सरकार बनिसकेपछी तत्कालै हुनुपर्ने काम ३ बर्षसम्म पनि बलियो सरकारले नगरेको कारण आफुहरुले गर्नुपरेको उहाँको भनाई रहेको छ । आलिसान महलमा बस्नेलाई जग्गा नभएको जनताको पिडा थाहा नभएको कारण बर्षौदेखी भुमिहिनको समस्या यथावत रहेको बताउदै मन्त्री श्रेष्ठले अबका दिनमा कोही जनता भुमिहिन भएर बस्न नपर्ने समेत उल्लेख गर्नुभयो । ५७ बर्षदेखी भोगचलन गर्दै आएको जग्गालाई आफ्नो भन्न नपाउने भुमिहिन जनताको पिडा अब अन्त्य हुने उहाँको भनाई रहेको छ ।
त्यसैगरी वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताको रगतसंग साँटेर ल्याएको संबिधानको हक स्थापित गर्दै जनतालाई आधारभुत अधिकार सम्पन्न गर्न जोड दिइने बताउनुभयो । आमाहरुको काख रित्याएर ल्याएको हक अधिकारको कारण भुमिहिन दलित, जनजाती जनताले अब आफुले पसिना बगाउदै आएको जग्गा र घरलाई निर्धक्क रुपमा आफ्नो भन्न पाउने बताउनुभयो ।
त्यसैगरी वाग्मती गाँऊपालिका अध्यक्ष सर्केश घलानले पालिकामा रहेका भुमिहिनलाई भुमिमालिक बनाउने कार्यको थालनी भएको बताउनुभयो । बोलेको प्रतिबद्धता पुरा गरेरै छाड्ने कारणले उक्त कार्य गर्न सफल भएको बताउदै अध्यक्ष घलानले ३ जनाबाट सुरु भएको जग्गाधनी लालपुर्जा बितरण कार्य पालिकामा भएका सबै भुमिहिन सम्म पु¥याइने जनाउनुभयो ।
मकवानपुरमा प्रथमपटक थालनी भएको पुर्जा बितरण कार्यको लागि ३७ जनाको सबै प्रक्रिया पुगेर सुचना निकालिएको कारण छिटो नै उक्त कार्य गरिने अध्यक्ष घलानले बताउनुभयो । चुनाव जित्दा नै भुमिहिनलाई पुर्जा बितरण गर्ने कार्यलाई प्राथमिता दिने भनेर लामो समयदेखि जग्गा नापजाँच गरेर राखेपनि सरकारको अनुमति नपाउँदा वितरण गर्न असमर्थहुँदै आएको गाउँपालिकाका अध्यक्ष घलानले बताउनुभयो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समन्वय मकवानपुर र वाग्मती गाउँपालिकाले वाग्मती–४ का कृष्णबहादुर दर्लामी र तीर्थबहादुर विकलाई जग्गाधनी पूर्जा वितरण गरेको छ भने १ जना पुर्जा लिन अनुपरिुथत हुनुभएको पालिकाले जनाएको छ । गाउँपालिका ६० प्रतिशतभन्दा बढी ऐलानी जग्गा रहेका छन् ।
पूर्जा वितरण कार्यक्रममा राष्ट्रिय भूमि आयोग उपाधयक्ष नहेन्द्र खड्का, गाउँपालिका अध्यक्ष सर्केश घलान तथा आयोग जिल्ला अध्यक्ष विष्णु दाहाललगायत उपस्थिति थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

1649416972454-1649420088.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg