pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

संबिधान कार्यान्वयनमा सबै एकजुट हुनुपर्छ :-उपप्रमुख गोपाली

1726720391702-1726720412.jpg

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले प्रभावकारी रुपमा संविधानको कार्यान्वयन गर्न ऐक्यबद्ध भएर लाग्नु पर्ने बताए । संविधान दिवसको अवसरमा पालुङ बहुउद्देश्यीय सहकारी संस्था द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले नेपालको संविधान विश्वमै उत्कृष्ट रहेकोले प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने बताएका हुन् ।

‘संविधान राज्यको मूल कानुन भएकाले यसको मर्म र भावनाबमोजिम राज्य व्यवस्था सञ्चालन गर्ने गर्दछ, ‘उनले भने ,‘संविधानमा लिपिबद्ध जनताका आधारभूत हकअधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभ आमनागरिकको पहुँचमा पुग्ने गरी वितरण गर्नेतर्फ सवैले जोड दिनु पर्दछ ।’

त्यस्तै कार्यक्रममा वोल्दै माओवादी केन्द्रका थाहा नगर सचिव लक्ष्मण बिष्टले दिवसका अवसरमा सम्पूर्ण हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे । उनले सशस्त्र सङ्घर्ष तथा जनआन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि प्रकट गर्दै घाइते तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यलाभको कामना समेत गरे । उनले भने ,‘ राष्ट्रिय एकता सुदृढीकरणका लागि संविधानको प्रभावकारी कार्यान्वयनमा सबैले लाग्नु पर्ने हुन्छ । देशको मुहार उज्यालो वनाउन सवै उत्तिकै दायित्त छ । जिम्मेवारी सवैले वहन गरे संविधान वलियो हुदै जान्छ ।’

कार्यक्रममा वोल्दै नेकपा एमाले थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधानले नेपालको संविधानले समाजमा भएका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको वताए । उनले भने,‘सार्वभौमसत्ता नेपाली जनतामा नीहित रहेको छ । जनता राज्य शक्तिको स्रोत भएका छन् ।’

कार्यक्रममा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले  दिवसका अवसरमा सम्पुर्णमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा जोडेको वताए। संविधानको कार्यन्वयनमा सवैले उत्तिकै महत्वपुर्ण भुमिका रहेको वहाँको भनाइ थियो।

शुभकामना आदान प्रदान कार्यक्रमा वोल्दै जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्कीले आम सर्वसाधारणको दैनिकीमा परिवर्तन आउने गरी अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बताए । उनले भने,‘संविधानको मुल मर्म अनुसार अहिले पनि काम हुन सकेको छैन ।तेसैले संविधानको कार्यान्वयनमा जोड दिनुपर्ने बताउदै अधिकार पाएपछि कर्तव्यको पनि बोध हुनुपर्नेमा जोड दिनुभयो।

पालुङ बहुउद्देश्यीयका पुर्व अध्यक्ष पुरुषोत्तम कार्कीले नेपालको संविधान उत्कृष्ठ भएको वताए । संविधानको कार्यन्वयनमा सवैले जोड दिनु पर्ने बताए ।

नागरीक समाजको तर्फवाट शुभकामा मन्तव्य राख्दै निरन्जन अधिकारीले अहिले पनि संविभानले दिएका अधिकार अनुसार जनताले अनुभित गर्न नपाएको बताए ।

संविधान दिवसको अवसरमा गरीएको शुभकामना आदान प्रदान कार्यक्रमको समापन गर्ने क्रममा वोल्दै पालुङ बहुउद्देश्यीयका अध्यक्ष कृष्ण बहादुर बिष्टले  संविधान सवैका लागि वरावरी भएको वताए । संविधानलाई कार्यन्वयनमा सवै लाग्नु पर्नेमा उनले जोड दिए ।
पालुङ बहुउद्देश्यीयको सभाहलमा संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नागरिक समाजका अगुवा,स्थानिय,राजनैतिक दलका प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...