jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

संघीय संसद खतिवडाद्वारा सप्ताह बिराट ज्ञान महायज्ञको उद्घाटन 

s2-1562237814.jpg


उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आज असार १९ गतेबाट सुरु भएकोे श्रीमद भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ संघीय संसद बिरोध खतिवडाले पनस्मा दिप प्रज्वलन गरि समुद्घाट्न गर्नु भएको थियो । 
थाहा नगरपालिका वडा नं. २ अवस्थित फाँटबजारमा आजबाट मत्स्यनारायण माद्यामिक विद्यालय र पाथीभरा क्षेत्र बिकास समितिको संयुक्तरुपमा आयोजित महायज्ञको आज पहिलो दिन बिहान ८ बजे बाट कलश यात्राको सुरुवात फाँटबजारबाट, ,त्रिवेणी धाम ,गोपाली गाउँ ,शिखरकोट, ओखरबजार, पालुङ हुँदै समारोह स्थल सम्म पुगि औपचारिक कार्यक्रमको गरिएको हो  ।
बालब्यास पं. श्री नारायण न्यौपानेको मुखार विन्दबाट कथा वाचन गरी यहि २०७६ साल असार २५ गते सम्म सञ्चालन हुने पहिलो दिनको औपचारिक कार्यक्रमलाई संघीय संसद खतिवडाले उद्घाटन गर्नु भएको हो । उद्घाटन मन्तव्यलाई सम्बोद्धन गदै  प्रमुख अथिति खतिवडाले प्राबिधिक शिक्षा मार्फत देशमा सक्षम जनशक्ति उत्पादन गर्ने र गाउँ गाउँ नगरमा युबालाइ रोजगार प्रदान गर्ने प्राबिधिक शिक्षा हरेक बिधालयमा पढाउनु पर्नेमा जोड दिनुभयो साथै धार्मिक पर्यटन क्षेत्र बनाउनका लागि केन्द्रिय तह बाट सक्दो सहयोग प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रम मत्स्यनारायण मा बि व्यवस्थापन समिती को अध्यक्ष नवराज बिष्ट को सभाध्यक्षतामा भएको थियो । थाहा नगरपालिका वडा नं २ का  अध्यक्ष गुप्त बहादुर कार्की, थाहानगर उधोग बाणिज्य महासङ्घका अध्यक्ष कबिराज खत्री, लागाएत ले मन्तव्य व्यक्त गर्नु भएको थियो । 
विशेष अतिथी थाहानगरपालिका उप प्रमुख खड्ग गोपाली,  विभिन्न संघसस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सामाज सेवि लगाएतको उपस्थिती रहेको थियो ।

भोलि अर्थात असार २० देखि २५ गते सम्मको कार्यक्रममा प्रत्येक दिन प्रदेश, जिल्ला र स्थानीय तहका प्रमुखहरुद्वारा कार्यक्रममा प्रमुख आतिथ्यता रहने अयोजक समितीले जनाएको छ ।
मत्स्यनारायण माद्यामिक विद्यालयमा कक्षा ११ र १२ का साथै प्राबिधिक शिक्षा सञ्चालन र पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास, प्राचिन कला, सँस्कृतीको संरक्षण तथा सम्वद्र्धन, कुशल, सुयोग्य, नैतिकवान नागरिक उत्पादन गरि आत्मनिर्भर बन्न प्रेरित गर्न, सामाजिक परिवर्तनको दिशामा दक्ष जनशक्ति उत्पादन गरि समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउन एवम् पितृ मोक्षको लागि महायज्ञको आयोजना  गरियकोे महायज्ञ आयोजक मुल समितिका अध्यक्ष नबराज बिष्टले बताउनु भएको छ ।
महायज्ञमा ११११ शालिग्राम दर्शन, नगद दान, महादन, जिन्सीदान, संगीतमय श्रीमद्भागवत कथा प्रवचन, कलश यात्रा, तुलादान, जेष्ठ नागरिक सम्मान, कन्या पुजन, चौरासी पुजा, सामुहिक बर्तबन्ध, ग्रहशान्ती, लाखबत्ती, योगसिबिर तथा राष्ट्रिय कलाकारहरुबाट संगितमय भजन किर्तन लगायतका कार्यक्रमहरु सञ्चालन गरिने छ । 
महायज्ञ प्रत्येक दिन बिहान ५ बजेबाट शुरु भइ साझ ९ः३० बजे सम्म सन्चालन गरिनेछ । महायज्ञमा करिब १ करोड भन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ ।

सप्ताहमा हरिहर धाम प्रतिष्ठानको तर्फबाट धर्मसंस्कृती अनुसार व्यबहारिक ज्ञानको प्रचार–प्रसार गर्दै आमाबुबालाई बृद्धा आश्रममा राख्ने संस्कार हटाउन अभियान स्वरुप विविध प्रस्तुति र राष्ट्रिय कलाकारहरुको विभिन्न झाँकी प्रदर्शनी गरिने प्रतिष्ठान संयोजक राजु ढकालले बताए ।
मत्स्य नारायण मा.वि.को शैक्षिक स्तर उकास्न र ऐतिहाँसिक महत्व बोकेको पाभिभरा मन्दिरलाई पर्यटन प्रवद्र्धन गर्नका लागि आयोजना गरिएको महायज्ञ सफल पार्न सबैले सहयोग गरेमा आयोजनाको लक्ष्य प्राप्त गर्ने बाटो खुल्ने भएकाले महायज्ञमा सके सातै र नसके एम दिन भए पनि सहभागि हुनका लागि आयोजकले आग्रह गरेको छ ।


 

s2-1562237816.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...