pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

शितोष्ण बागवानी दामनको कृषकस्तर घुम्ती तालिम

FB_IMG_1684987759965-1684987781.jpg

.बि सं.२०२१ सालमा स्थापना भएको थाहा नगरपालिका वडा नं.४ दामनमा अवस्थित क्षेत्रफलको हिसाबले देशको दोस्रो ठुलो कृषि फार्म - शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्र दामनको आयोजनामा  थाहा-४,नारायणझ्याउमा एकदिने कृषकस्तर स्थलगत घुम्ती तालिम सम्पन्न भएको छ।
१० जेष्ठमा सम्पन्न भएको कार्यक्रममा  बागवानी फार्मले  सबैभन्दा नजिकमा रहेका गाउँहरु नारायणझ्याउ,ठुलोमाखु,फापरबारी,जुरेथुम र जक्करघारीका कृषकहरुलाई  त्यहाँ   संचालन हुने कुनैपनी कार्यक्रमहरुको बारेमा  दशकौंदेखि नै जानकारी नगराइएको गुनासो एभरेष्ट युवा बिकास क्लबलाई गरेपछि क्लबको पहलमा पहिलोपटक कृषि तालिम भएको हो।

केन्द्रका निमित्त प्रमुख समीर ज्ञानि मगरको अनुसार कार्यालयमा हुने बिबिध बिषयको कार्यक्रमहरुमा विभिन्न क्षेत्रबाट कृषकहरुलाई सहभागी गराउने काम नगरपालिका कार्यालयको कृषि शाखाले गर्ने गरेको बताउदै अब आगामी दिनमा बागवानी केन्द्रले पनि कृषकको हितको लागि कार्यक्रम आयोजना गर्ने बताए। 


उपस्थित स्थानीय कृषकहरुलाई निमित्त प्रमुखले पुरानो शैलीको खेती गर्ने प्रक्रियालाई बिस्थापित गराउदै आधुनिक उपकरणहरुको प्रयोग गरि उन्नत जातको फलफुल तथा तरकारी खेती कसरी गर्ने र आम कृषकको आर्थिक स्तर आधुनिक खेती प्रणालीबाट कसरी उकास्न सकिन्छ भनेर अभिमुखिकरण  गर्नुभएको थियो। साथै कुनै कृषि सहकारी समुह वा दर्तावाल कृषि संस्था भएको खण्डमा बागवानी फार्मबाट धेरै सेवा-सुबिधाहरु पनि लिन सकिने बताउनुभयो।  
तरकारी उत्पादन मात्र नभै फलफुल उत्पादन पनि गर्न र स्थानीय युवाहरूलाई सहायक कृषि प्राबिधिक (JTA) को तालीम लिन पनि सुझाव दिनुभयो। हाल उक्त बागवानी फार्मबाट उत्पादन हुने आलुको बिउको माग स्थानीय स्तरमा अत्यधिक रहेकोले छ।

कृषक संग भएको अन्तरक्रीया कार्यक्रमको क्रममा स्थानीय युवा कृषक नारायण लामाले दामन बागवानी फार्मले सहुलियत दरमा बिउबिजन र मल पनि उपलब्ध गराइदिए धेरै सहज हुने बताए ।
 आयातीत बिउको दर महङ्गो,चाहेको जति नपाइने र कहिले त पाउदै नपाउने समेत नपाउने हुँदा स्थानीय सरकारको पहलमा बितरण हुने मल प्रतिघर जम्मा २५ केजी मात्रै पाईने तर कहिले त त्यो पनि नपाएर बाह्य स्रोतबाट बढी मुल्यमा खरिद गर्नु परेको बताए । थाहा-४ को माथिल्लो भेगको भौगोलिक विकटता,अशिक्षा,जनचेतना जस्ता समस्याहरु अनि आवस्यक सूचनाको पहुँचबाट टाढा रहेकोले पनि स्थानीय आम किसानहरूले कृषि पेसामा  चाहेजती फड्को मार्न नसकेको कृषकहरुको गुनासो छ।
 उपस्थित अन्य किसानहरूले बिगतमा फलफूल खेती गरेको तर असिना,तुसारोले गर्दा धेरै असर गरेको साथै सिचाइको अभावले पनि फलफूल तथा तरकारी बाली उत्पादनमा कठीनाइ रहेको बताए र सकेसम्म स्थानीय स्तरमा नै बीउ उत्पादन गर्नसके बेस हुने बताए ।

कृषि प्राबिधिकहरु र उपस्तिथत किसानहरु बिच भएको  अन्तर्कृया कार्यक्रम पश्चात् अन्तमा नारायणझ्याउ,ठुलोमाखु,फापरबारी,जुरेथुम र जक्करघारीबाट छनौटमा परेका जम्मा २५ जना किसानहरूलाई बागवानी फार्मले प्रति घर प्रती व्यक्तिको अनुसार एक पाकेट उन्नत जातको ह्वाइट टप काउलिको बीउ र एकवटा वाटर स्पृङ्कल बितरण गरेको थियो। सोहि कार्यक्रम ११ गते  भिमफेदी गाउँपालिकाको अघोरमा पनि हुने भएको छ।

https://www.thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...