himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

शिखरकोटको ब्यबस्थापन र गोपालीको संस्कृती सङै सक्कियो श्रीकृष्ण जात्रा,घैटो फुटाउने प्रतियोगितामा ऋषेश्वर ११ प्रथम।

img_1661014030757-1661014367.jpg

थाहा नगरपालिकामा इन्द्रायणी र बज्रवाराही माइको जात्रापछि मानिसको सबभन्दा बढी भिड लाग्ने घैटो फुटाउने जात्रा यश बर्ष सम्पन्न भयको छ। हरेक बर्ष कृष्णास्टमीको भोलिपल्ट थाहा नगरको मुख्य बजार शिखरकोटमा घैटो फुटाउने जात्रा लाग्ने गर्दछ।
२०५४ सालदेखि निरन्तर रुपमा शिखरकोट बजार ब्यबस्थापन समिती र शिखर क्लबको आयोजना तथा गोपाली गाउँको नेवारी सस्कृतीको सास्कृतिक सहयोगमा आयोजना हुँदै आइरहेको २२ औं घैटो फुटाउने जात्रा भब्य र सभ्य रुपमा सम्पन्न भयको आयोजक समितिका सल्लाहकार यादव जंग रायमाझीले बताउनुभयो।रायमाझीले यो बर्ष घैटो फुटाइ सङै अन्य विविध कार्यक्रम हरु बाल राधाकृष्ण प्रतियोगिता ,बाल लाखे नाच प्रतियोगिता तामाङ समुदायको ढ्याङ्रो नाच प्रदर्शनी ,गोपाली तथा पालुङ्गको धिमे बाजा सहित लाखे नाच समेत आयोजना गर्न सफल रहेको भन्दै आगामी बर्ष सभ्यता र सस्कृती जोगाउने प्रदर्शन थप्दै लाने बताउदै सस्कृती जगेर्नामा सहयोग गर्ने आग्राका तामाङ समुदाय,गोपाली गाउँको परम्परा ,तथा पालुङ्गको नेवार समुदायलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै धन्यवाद ब्यक्त गर्नुभयो।
२२ औं घैटो फुटाइ प्रतियोगितामा प्रथम हुँदै ऋषेश्वर ११ ले नगद २० हजार तथा दोश्रो तथा तेश्रो अटो संघ थाहा नगर हुँदै क्रमशः नगद १३ हजार र ७ हजार प्राप्त गरेका छन।
घैटो फुटाउने प्रतियोगिता पछि श्रीकृष्णको रथ लाई गोपाली गाउँको धिमे बाजा र लाखे सहित गोपाली गाउँमा अबस्थित सेती गणेशको मन्दिर परिक्रमा गराइ गोपाली गाउँ हुँदै शिखरकोट सम्म रथ लाई नचायर जात्रा बिसर्जन गरिने परम्परा लाई निरन्तरता दिइएको थियो,।
कृष्ण जात्रालाई मौलिकता प्रदान गर्न सुरुवाती देखिनै गोपाली गाउँका युवा तथा समाजसेवी हरुको निरन्तर सहयोग रहदै आयको छ।
यस बर्ष जात्रा संचालन गर्न लिटिल कृष्ण तर्फ प्रथम पुरस्कार जे एस मोटर्स पार्ट्सका संचालक जयराम खत्री,दोश्रो पुरस्कार सुरुची सुनचाँदी पसल,तथा तेश्रो पुरस्कार जयगुरु गणेश सप्लायर्सका संचालक भाइराजा रायमाझीले प्रायोजन गरेका थिय तेस्तै लिटिल राधा तर्फ प्रथम पुरस्कार प्रधान भाडा पसल तथा बेमौसमी बिज भण्डारका संचालक निरोज प्रधान,दोश्रो पुरस्कार एस सुनचाँदी पसलका संचालक राजकुमार बिश्वकर्मा,र तेश्रो पुरस्कार बिमला सप्लायर्सका निरज रायमाझीले प्रायोजन गरेकाथिय भने लिटिल लाखे नाच लाई न्यु लक्की वयर कलेक्सनका श्रीराम कार्की तथा साझा ट्रेड कन्सर्नका संचालक बिक्रम केसिले सहयोग गरेका थिय तेसैगरी घैटो फुटाउने प्रतियोगिताको लागी प्रथम पुरस्कार साझा रोडाढुङ्गा उद्योग तथा मातृभुमी सप्लायर्सका संचालक रामराजा केसि द्वारा नगद २० हजार दोश्रो पुरस्कार १३ हजारको लागि देवदर्शन मिठाई तथा निष्ठा डेरीका संचालक निकेशराज ढकाल टुप्पिबाजे तथा तेश्रो पुरस्कारको लागि बिश्वकर्मा ट्रेडर्सका रोहन कुमार सिंहले नगद ७ हजार प्रायोजन गरेका थिय।तेसै गरि लिटल राधाकृष्ण प्रतियोगितामा सहभागी भयका बालबालिका लाई गिफ्ट ह्याम्पर पाइनस होटलका संचालक द्वोय प्रदीप कार्की तथा उत्सव श्रेष्ठले सहयोग गरेका थिय ,थाहा खैचेडी भजन समूह तथा आग्रा सास्कृतिक परिवारलाई बजार ब्यबस्थापन समितिले सहयोग गरेको आयोजकले जानकारी दियको छ।
मेलालाई यति ब्रुअरी नेपालको प्रायोजन,रहेको थियो भने एसएसडिसी को सास्कृतिक प्रस्तुती,रहेको मेलाको दामन एफ एम र थाहापाटी डट कम अफिसियल मिडिया रहेको थियो।

Screenshot_20220820-21512-1661014693.png
Screenshot_20220820-21520-1661014693.png
Screenshot_20220820-21151-1661014732.png
Screenshot_20220820-21503-1661014733.png
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg