Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

शिक्षक तथा शिक्षा क्षेत्रको माग अब बन्ने गठबन्धन सरकारले गर्छ:कुमारी मोक्तान

314989099_475586757760571-1668270819.jpg

थाहा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) का उम्मेदवार कुमारी मोक्तानले ले मुलुकको समृद्धिका लागि नै गठबन्धन निमार्ण भएकाले यहाँको शैक्षिक क्षेत्रमा देखिएका समस्या हल गर्न पहल गरिने आश्वासन दिनुभयो । शनिवार थाहा नगरपालिकाको शंकर होटलमा आयोजित ‘वर्तमान शैक्षिक समस्या समाधानमा संघ र प्रदेश सरकारको भूमिका विषयक’ शिक्षक संग अन्तरक्रिया कार्यक्रममा उहाँले आफु बिजयी भए प्रदेश सरकारबाट आवश्यक नीति निमार्ण गरी र संघमा अड्कियको शिक्षा ऐन लाई पारित गरि अस्थायी शिक्षकहरुलाई स्थायी प्रक्रियामा ल्याउने प्रतिबद्धता जाहेर गर्दै तेसको लागि गठबन्धनको जित हुनुपर्ने बताउनुभयो । उहाँले आफु सामाजिक विकास मन्त्रालय रहि रहँदा पनि शैक्षिक क्षेत्रको विकासका लागि सक्दो खटिएको तर शिक्षा ऐन पास नहुदा चाहे अनुरुपको शिक्षा क्षेत्रको मागलाई सम्बोधन गर्न नसकेको स्विकार्दै अब पनि बिजयी भए यहाँहरुले भनेजस्तो निजामती कर्मचारी र शिक्षकबीचको विभेद अन्त्य गरिने दाबी समेत गर्नुभयो । कार्यक्रममा थाहा नगरपालिका भित्र रहेका गठबन्धनतर्फका शिक्षक संघ संगठनका प्रतिनिधिहरुले निजामती कर्मचारी र शिक्षकबीचको विभेद अन्त्य गरी समान व्यवहार हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले राहत, अनुदान ,निजी लगायत विभिन्न नाममा विभाजित शिक्षकहरुलाई दरबन्दीमा रुपान्तरण गर्दै आवश्यक प्रक्रिया पु¥याएर स्थायी गरिनुपर्ने पनि बताएका छन् । सरकारले संघिय शिक्षा ऐन जारी गरी शिक्षा र शिक्षकको समस्या समाधान गर्न तथा शैक्षिक वर्षको सुरुवातसंगै नयाँपाठ्यपुस्तक प्रयाप्तता हुनेगरी व्यवस्था गर्न पनि माग गरेका थिए । एकिकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगर कमिटी अध्यक्ष मनोज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षक संघका केन्द्रिय अध्यक्ष सानोभाइ कार्की ,शिक्षक महासंघका थाहा नगर अध्यक्ष राजाराम कार्की ,नेपाल शिक्षक संघ थाहा नगर सभापति विनोद सुवेदी ,थाहा नगर निर्वाचन परिचालन समितिका संयोजक प्रमोद कृष्ण जोशी,नेकपा माओवादी प्रदेश सदस्य तथा क्षेत्र न २ निर्वाचन परिचालन संयोजक लवशेर बिष्ट ,माओवादी नेता अरुण रायमाझी लगायतका उपस्थिती रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg