jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

व्यवसाय गर्ने ३२ महिलालाई व्याज अनुदान


मकवानपुर, सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय गर्ने थाहा नगरपालिकाका ३२ जना महिलाहरुलाई मेन्टोर्श इन्टरनेशनल र च्वाइस नेपालले व्याज अनुदान प्रदान गरेको छ । पालुङ बहुउद्धेश्यीय सहकारी संस्थामार्फत् लगानी गरिएको कर्जाबाट व्यवसाय संचालन गरिरहेका महिलाहरुलाई बुधबार एक कार्यक्रमको आयोजना गरी व्याज अनुदान प्रदान गरिएको हो ।
व्यवसायिक रुपमा अघि बढेका सदस्यहरुलाई पुरस्कारवापत  १० हजारका दरले व्याज अनुदान प्रदान गरिएको पालुङ सहकारीका रामप्रसाद ढकालले बताए । कार्यक्रममा थाहा– २ का मैयादेवी कार्की र थाहा–४ की राधिका कार्कीले भने ३३ हजार रुपैयाको दरले पुरस्कार प्राप्त गरेका थिए । टेनलबाट खेती प्रविधिका लागि यो रकम उपलब्ध गराइएको च्वाइस नेपालका कूलप्रसाद तिवारीले बताए । 
संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीको अध्यक्षता र थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो । 
सो अवसरमा प्रमुख अतिथि गोपाली, च्वाइस नेपालका कार्यक्रम संयोजक चन्द्र अधिकारी,सहकारीका सचिब अरुण रायमाझी, सहभागी लक्ष्मी कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...