Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

व्यक्तिलाई अनुदान दिने काम रोक्छौँः मुख्यमन्त्री जमकट्टेल,

jam-katel-1677589447.jpg

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शालिकराम जमकट्टेल ।
 बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले व्यक्तिलाई अनुदान दिने काम रोक्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा आयोजित खाद्य अधिकारसम्बन्धी विद्यमान कानुन र कार्यान्वयनको अवस्थाबारे नीति निर्माताहरुसँगको संवादमा बोल्नुहुँदै उहाँले प्रदेश सरकारले समुदाय लक्षित अनुदान मात्र दिने बताउनुभयो ।

व्यक्तिलाई अनुदान दिँदा वास्तविक किसान भने सधैं मारमा पर्ने भएकोले प्रदेश सरकारले नयाँ ढंगले काम गर्ने बताउनुभयो । व्यक्तिलाई अनुदान दिने नीतिलाई नबदलेमा जति बजेट छुट्याए पनि अनुदान दिए पनि केही उपलब्धि नहुने उहाँले बताउनुभयो । समुदाय लक्षित अनुदान दिएमा उत्पादन बढ्ने र खाद्यमा आत्मनिर्भर हुने उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारले किसानको उत्पादनलाई बजार व्यवस्थापन गरिने बताउनुभयो । उहाँले प्रदेश सरकारले किसानलाई तालिम, मल, बीउ, पानी र प्राविधिक दिने बताउनुभयो ।

यस्तै, बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री केशवराज पोखरेलले बागमती प्रदेश सरकारले नयाँ ढङ्गले काम गर्न सुरु गरिसकेको बताउनुभयो । किसानहरुलाई व्यावसायिकताको आधारमा वर्गीकरण गरी किसान परिचयपत्र वितरण गर्ने उहाँले बताउनुभयो । अहिले प्रदेश सरकार किसानहरूको गुनासो सुन्न किसान हेल्प डेस्क निर्माण गरिएको र किसानहरुको राम्रो प्रतिक्रिया पाएको बताउनुभयो ।

यस्तै, फियान नेपाल बागमती र मधेस प्रदेशकी संयोजक लक्ष्मी गुरुङले सरोकार निकायले भोकमरीको अन्त्य गर्नुपर्ने बताउनुभयो । अहिले कृषि पेशाको संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । किसानको पहिचान र सम्मान गर्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको पनि उपस्थिति रहेको थियो । थाहापाटी,

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...