Thursday, 12 Nov, 2026
worldlink1-1789963258.gif

पर्यटन

सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन सुरु, अमेरिका, युरोप र अस्ट्रेलियाका २१ पर्यटकद्वारा भ्रमण

FB_IMG_1794448158994-1794448194.jpg

मकवानपुर। थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन सुरु भएको छ। सुनाखरी पैदल मार्गको नक्सा सार्वजनिक भएको केही समयपछि नै अमेरिका, युरोप र अस्ट्रेलियाका २१ जना पर्यटकले उक्त मार्गको भ्रमण गरेका छन्।

गत २०८२ भदौ १७ गते सुनाखरी पैदल मार्गको नक्सा सार्वजनिक गरिएको थियो। उक्त नक्सा सार्वजनिक भएसँगै यस क्षेत्रमा पाइने सुनाखरीको प्राकृतिक विविधता, जैविक सम्पदा र पर्यटकीय सम्भावनाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चासो बढ्न थालेको छ।

थाहा नगरपालिका क्षेत्र सुनाखरीको विविधताका दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ। विशेषगरी यस मौसममा मात्रै यहाँ १५ प्रजातिका सुनाखरी फुलेको अवलोकन गर्न सकिन्छ। प्राकृतिक वनस्पति र जैविक विविधतामा रुचि राख्ने पर्यटकका लागि यो पैदल मार्ग आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ।

वनस्पति विज्ञ डा. भक्तबहादुर रास्कोटिको नेतृत्वमा आएको २१ सदस्यीय अन्तर्राष्ट्रिय पर्यटक टोलीले चित्लाङदेखि सिमभञ्ज्याङसम्मको सुनाखरी पैदल मार्गको भ्रमण गरेको हो।

भ्रमण टोलीलाई सिमभञ्ज्याङमा थाहा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नारायण लामा, श्री करुणाभूमि सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिनोद लामा, एभरेस्ट क्लबका अध्यक्ष शिवकुमार खत्री तथा स्थानीय बासिन्दाले स्वागत गरेका थिए।

सुनाखरी पैदल मार्गको पहिचान, नक्साङ्कन र प्रचारप्रसारले थाहा नगरपालिकाको प्राकृतिक पर्यटन विकासमा नयाँ सम्भावनाको ढोका खोलेको छ। विशेषगरी सुनाखरीलाई पर्यटनसँग जोडेर यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीय स्तरमा पर्यटन व्यवसाय, रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकृतिको अनुपम उपहारका रूपमा रहेको सुनाखरीको संरक्षण गर्दै थाहालाई जैविक विविधता तथा प्रकृतिमा आधारित पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न यो अभियानले महत्वपूर्ण आधार तयार गरेको छ।

FB_IMG_1794448171255-1794448195.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चिसापानीगढीमा ७ सय मिटर तल खस्यो ईभी, १० जनाको घटनास्थलमै मृत्यु
FB_IMG_1794449950082-1794453158.jpg

हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी...

सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन सुरु, अमेरिका, युरोप र अस्ट्रेलियाका २१ पर्यटकद्वारा भ्रमण
FB_IMG_1794448158994-1794448194.jpg

मकवानपुर। थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय...

नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg