Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

बागमती प्रदेश

बागमतीका मुख्यमन्त्रीलाई काँग्रेसकै अविश्वास प्रस्ताव,चार जना मन्त्रीले राजिनामा दिए

FB_IMG_1753447134188-1753447239.jpg

बागमती प्रदेशका मुख्यमनत्री बहादुरसिंह लामा उपर अविश्वासको प्रस्ताव दर्ता भएको छ । संसदीय दलका नेता समेत रहेका नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका लामालाई उनकै पार्टी नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । बागमती प्रदेशमा नेपाली काँग्रेसका ३७ जना प्रदेश सभा सदस्यहरु रहेका छन् ।
यी मध्ये २१ जनाले संसदीय दलको नेताको रुपमा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँलाई बनाउने गरी २१ जनाले अविश्वास पत्रमा हस्ताक्षर गरेका छन् । बहुमत सदस्यहरुले हस्ताक्षरित पत्रमा संसदीय दलको नेतासमेत इन्द्रबहादुर बानियाँ हुने उल्लेख भएकाले अबको मुख्यमन्त्रीका रुपमा इन्द्रबहादुर बानियाँ हुने सम्भावना देखिएको छ । 

करीब १ बर्षअघि बागमती प्रदेश सभा संसदीय दलको नेताको निर्वाचनमा बहादुरसिंह लामाले २१ र इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गरेका थिए । तर १ बर्षपछि सो परिणाम उल्टिएको छ । बर्तमान सरकारमा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका ४ जना मन्त्रीहरुले केहीबेर अघि राजिनामा समेत बुझाएका थिए ।
राजिनामा बुझाएका मन्त्रीहरुले केन्द्रीय सभापति शेरबहादुर देउवासँगको भेटपछि राजिनामा बुझाएका हुन् । नेपाली काँग्रेस बागमती प्रदेशका बहुमत सदस्यहरुले पार्टीले नेतृत्व गरेको प्रदेश सरकारले सन्तोषजनक काम गर्न नसकेकाले अविश्वास प्रस्ताव ल्याउनु परेको दाबी गरेका छन् । 
बागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन्।
पार्टी भित्रको आन्तरिक विवादका कारण उनीहरूले शुक्रवार राजीनामा दिएका हुन्।

शुक्रबार युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन्। अर्थ मन्त्री कुन्दन काफ्लेले भने राजीनामा दिएका छैनन्।

FB_IMG_1753447116319-1753447239.jpg
FB_IMG_1753447118394-1753447273.jpg
FB_IMG_1753447120531-1753447274.jpg
FB_IMG_1753447122557-1753447287.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg