himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

बागमती प्रदेश

हेटौंडामा मनाईयो विश्व दुध दिवस

1748781417965-1748781433.jpg

मकवानपुर । हेटौंडामा ‘दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सवल बनाऔं’ भन्ने मूल नाराका साथ २५ औंं विश्व दुध दिवस मनाईएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको अयोजनामा विश्व दुध दिवस मनाईएको हो ।

आईतबार बिहान बागमती प्रदेशको राजधानी हेटौंडा स्थित कृषि तथा पशुपंक्षी विकास मत्रालय बागमती प्रदेशको प्राङ्गण चौकीटोलदेखि सुरुभएको प्रभातफेरी ¥याली रोयल प्यालेस हेटौंडामा पुगेर सभामा परिणत भएको थियो ।


राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादबको अध्यक्षतामा भएको कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री अधिकारीले किसानको समस्या समाधान गर्नको लागि सरकार प्रतिवद्ध भएको र सबै पक्षबाट ईमान्दार प्रयास गरेर किसानका समस्या समाधान गर्नुपर्ने बताए ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मत्रालय बागमती प्रदेशका सचिव बैकुण्ठ अधिकारी, बागमती प्रदेश पशु सेवा बिभागका महानिर्देशक डा. रामानन्द तिवारी, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष हरिप्रसाद पौंडेल, केन्द्रीय दुग्ध सकारी संघका अध्यक्ष अम्बरबहादुर कुंवर, बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, महासचिव राम आचार्य, डेरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेंल लगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा बिभिन्न बिधामा उत्कृष्टता हाँसिल गरेका ब्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुका रुपन्देहीका यज्ञमूर्ति खनाल उत्कृष्ठ कृषकको रुपमा सम्मनित भएका छन् । उनले एक सय पचास भन्दा बढी गाई पालेर दैनिक ८०० लिटर भन्दा बढी दुध उत्पादन गरी बिक्री गर्दछन् ।
यसैगरी मा भवानी दुग्ध उत्पादक सहकारी संस्था र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ सम्मनित भएका छन् ।
त्यस्तै दुग्ध उद्योगी तर्फ नेपाल कृषि तथा दुग्ध विकास केन्द्र झापाका हेमचन्द्र खनाल, मोर्डन डेरी भक्तपुरका रामप्रसाद त्यात, अनमोल डेरी ईलामका गोविन्द खड्का सम्मानित भएका छन् ।
साथै टक्सार म्याग्जिनका पत्रकार रबि थापालाई सञ्चारकर्मी सम्मान र डेरी बिज्ञ मदन मोहन दाशलाई बिशेष सम्मान र मकवानपुर जिल्ला सहकारी संघलाई प्रशंशा पत्रसहित सम्मान गरिएको थियो ।


विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जिविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दुधको उपयोगमा बृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सन् २००१ जुन १ देखि विश्व दुध दिवस मनाउन थालेको हो । यसै सन्दर्भमा नेपालले पनि सन् २०११ देखि विश्व दुध दिवस मनाउन थालेको हो ।

दुध दिवस २०२५ राष्ट्रिय दुग्ध विकास बोर्डको साथै पशु सेवा बिभाग, प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेश, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपंक्षी तथा मत्स्य सहकारी संघ, नेपाल डेरी साईन्स एसोसियसनको सहकार्यमा मनाईएको हो ।

1748781420611-1748781433.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg