pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

वैदेशिक रोजगारीका क्रममा गम्भीर घाइते देबराज पाख्रिनको उपचार र स्वदेश फिर्तीका लागि सहयोग अपिल

InShot_20251229_182522783-1767012507.jpg

मकवानपुर जिल्ला, थाहा नगरपालिका–३ (जन्मस्थान: कालीखोला, साविक कैलाश गाउँपालिका) निवासी देबराज पाख्रिन साउदी अरबमा विगत पाँच वर्षदेखि वैदेशिक रोजगारीमा संलग्न रहँदै आउनु भएको थियो। कार्यरत कम्पनीबाट निरन्तर मानसिक तनाव तथा शारीरिक यातना सहनु परेपछि उक्त कम्पनी छोडी अर्को कम्पनीमा काम गर्ने क्रममा भारी सामानले शरीर थिचिँदा उहाँको मेरुदण्ड (स्पाइन) सहित शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ। हाल उहाँ हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएको छ।
विगत तीन महिनादेखि अस्पतालमा खुला उपचार गर्न नसक्ने बाध्यताका कारण स्थानीय औषधि पसलबाट औषधि ल्याई उपचार गरिँदै आए पनि उल्टै साइड इफेक्ट देखिन थालेपछि समस्या झन् जटिल बन्दै गएको बताइएको छ। साउदी अरबको कानुनअनुसार करारमा रहेको कम्पनीको अनुमति बिना अर्को कम्पनीमा काम गरेकाले पहिलाको कम्पनीले एयरपोर्ट ब्लक गरी पेनाल्टीसहित कारबाही प्रक्रिया अघि बढाएको छ। यसै कारण उहाँ अस्पताल जान, कानुनी प्रक्रिया सहज रूपमा अघि बढाउन तथा स्वदेश फर्किन नसक्ने अवस्थामा हुनुहुन्छ।
हाल पहिलाको कम्पनीले एयरपोर्ट ब्लक हटाउन २१,८५० साउदी रियल (नेपाली करिब ८ लाख ३७ हजार ५ सय ४८ रुपैयाँ) पेनाल्टी तिर्नुपर्ने अवस्था रहेको छ। साथै आवश्यक कागजी प्रक्रिया अगाडि बढाउने कार्य पनि जारी छ। यसबीच, गत महिना नेपाल पठाइदिन्छु भन्ने बहानामा केही नेपाली ठगहरूले उहाँबाट दुई लाख रुपैयाँ ठगी गरेको पीडित परिवारले जनाएको छ।
हाल कार्यरत कम्पनीले बसोबास र खानाको व्यवस्था गरिदिएको छ भने एक जना पाकिस्तानी साथीले उहाँको हेरचाह गरिरहनु भएको छ। देबराज पाख्रिनकी श्रीमती र एक जना छोरा हुनुहुन्छ। पारिवारिक तथा आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उहाँलाई यथाशीघ्र नेपाल ल्याई थप उपचार गर्नु अपरिहार्य भएको छ।
यस कठिन परिस्थितिमा देबराज पाख्रिनको जीवन र भविष्य बचाउन देश–विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, शुभेच्छुक तथा सहयोगी मन भएका सबैमा सक्दो आर्थिक सहयोग गरिदिन पीडित परिवारले हार्दिक अपिल गरेको छ। सबैको सानो सहयोगले पनि एक जीवनमा नयाँ आशा र सम्भावना थपिन सक्ने विश्वास व्यक्त गरिएको छ।
उक्त सहयोग अभियानको सहजीकरण साउदी अरबमा रहनु भएका समाजसेवी याम तामुज्यूले गर्दै आउनु भएको छ।
नेपाल:
दिल बहादुर पाख्रिन
९८६–९६१८३०९
युरोप:
प्रकाश पाख्रिन
 ९८०३९७९६५५
WhatsApp: +३५६ ९९५३४५७९
सहयोगका लागि बैंक विवरण
खाता नाम: Dil Bahadur Pakhrin
महालक्ष्मी विकास बैंक लिमिटेड, पालुङ शाखा
खाता नं.: 06600600336803000001
(देबराज पाख्रिनका दाजु)
सहयोग गर्नुहुने सबै महानुभावले रकम पठाएपछि व्हाट्सएप वा मेसेन्जरमार्फत स्क्रिनसट पठाई जानकारी गराइदिन अनुरोध गरिएको छ। प्राप्त सम्पूर्ण सहयोग रकमको विवरण सार्वजनिक गरिने पनि जनाइएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...