Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

विभिन्न कारणले हुने आगलागी नियन्त्रणको लागि डेमो अभ्यास

ago1-1709727964.jpg

आगलागीका घटनाहरू नियन्त्रणका उपायका बारेमा जिल्ला समन्वय समितिको आयोजना तथा बागमती प्रदेश बिपद व्यवस्थापन गुल्मको प्राविधिक सहयोगमा थाहा नगरपालिकामा आगलागी नियन्त्रण सम्बन्धि अन्तरक्रिया तथा सचेत्नामुलक कार्यक्रम गरेको छ।
थाहाको जनकल्याण माध्यमिक विद्यालयको प्रागणमा जिल्ला समन्वय अधिकारी सुर्य प्रसाद चापागाईंको अध्यक्षता तथा जिल्ला समन्वय समिती मकवानपुरका  प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्टको बिशिस्ट आतिथ्यता रहेको थियो।

सचेतना कार्यक्रम अन्तर्गत “घरेलु आगलागी नियन्त्रण तथा बच्ने उपाय सम्बन्धी सचेतनामुलक कार्यक्रम“ प्रहरीले संचालन गरेको हो । 

थाहा नगरपालिका भित्र रहेका सामुदायिक बन,रेडक्रस,स्काउट,बजार व्यवस्थापनका पदाधिकारी स्थानिय संघसंस्था लगायत  बिद्यार्थी र शिक्षकलाई सहभागी बनाउँदै प्रहरीले बिभिन्न कारण हुने आगलागीका बारेमा डेमो अभ्यास समेत गरेको थियो ।

बागमती प्रदेश बिपद व्यवस्थापन गुल्म हेटौंडाका प्रहरी निरीक्षक चुडा कुमारी खड्का सहितको प्रहरी टोलीले सिलिन्डर पाइपबाट ग्यास लिक भई हुने आगोलागी निभाउने तरिकाहरुका साथै व्यक्तिको शरीरमा आगो लाग्दा तत्काल बच्न गरिने विभिन्न उपायहरुको अभ्यास गराउँदै आगो नियन्त्रणको डेमो अभ्यास गराएको थियो।

बिद्यार्थीका बीचमा हुने यस्तो सचेतनामुलक कार्यक्रमको सन्देश अभिभावकमा समेत पुग्ने भएकोले यस्ता कार्यक्रम प्रभावकारी हुने जनकल्याण माबिका शिक्षिका गिता कार्कीले बताइन ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्यहरु,थाहा नगरपालिका विपद व्यवस्थापन समिती संयोजक हिरेन्द्र कुमार रायमाझी,थाहा नगर बिपद व्यवस्थापन सदस्य सचीव अनिल लामिछाने ,स्थानीय स्काउट थाहाका संयोजक गणेशमान श्रेष्ठ,विभिन्न विद्यालयका स्काउट ट्रुप,दामन रेडक्रस र पालुङ रेडक्रसका प्रतिनिधीहरु लगायत संघ संस्थाका प्रतिनिधिहरु,नगर प्रहरीको उपस्तिथि रहेको थियो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg