pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

विभिन्न कारणले रोकिएको चित्लाङको हिलेजात्रा पुनः सुरु

FB_IMG_1693668835968-1693668879.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नंम्बर ९ को चित्लाङमा यो वर्ष हिले जात्रा आयोजना गरिएको छ । लामो समयदेखि विभिन्न कारणले रोकिएको हिले जात्रा यो वर्ष पुनः श्री स्वच्छन्द भैरव धार्मिक तथा सांस्कृतिक व्यवस्थापन समितिले आयोजना गरेको हो ।

स्थानीय राजन बलामीले ऐतिहासिक तथा पौराणिक महत्वको नाच (हिले जात्रा) जनै पूर्णिमाको दिनबाट सुरु भएको र जात्रा १७ भाद्रसम्म चल्ने जानकारी दिए । उनका अनुसार जात्रामा खेतमा रोपाइँ गरे जस्तै गुठियारको घरको आँगनमा पुगेर नाच गान गरिन्छ । “यो रोपाइँ जात्रा जस्तै हो”, बलामीले भने, “रोपाइँ भएको छ छैन सोध्ने, रोपाइँ गर्ने र मनोरञ्जनका लागि राजारानी र भगवानको नाच प्रदर्शन गर्ने गरिन्छ, देउसिरेमा जस्तै मागिन्छ ।”

चित्लाङको माझगाउँमा लाग्ने जात्रामा गोरु एक हल, हली, बाउसे चार जना, रोपार तीन–चार जना, राजा एक जना, रानी दुई जना, राम, लक्ष्मण र हनुमान, कात्तिक नाचमा जस्तै तीन जना जोगीलगायतका पात्रहरु हुने गर्छन् । नाचमा बाजा बजाउनेलगायत झण्डै १५ जना गुरु रहने बलामीले बताए ।

माझगाउँका एक सय ३० गुठियारमध्ये एउटै आँगन भएकाहरुको एकै ठाउँमा गरी करिब ७०–८० स्थानमा नाच देखाइने छ । समितिले धर्म, संस्कृतिसँगै ऐतिहासिक तथा पौराणिकको संरक्षणका लागि नाच प्रदर्शन गरेको जनाएको छ । जात्रा सुरु हुँदा र समापन हुँदा स्थानीय डबलीमा पूजाआजा गर्ने गरिन्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...