pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

विपद् व्यवस्थापनमा स्थानीय तहलाई अभिमुखिकरण।

Screenshot_20220824-17402-1661342618.png

विपद भनेको कुनै पनि गैर प्राकृतिक र प्राकृतिक कारणहरूबाट अकस्मात, अस्तव्यस्त तवरबाट देखा पर्ने विपत्तिपूर्ण अवस्था हो । अर्को अर्थमा कुनै स्थानमा आपत्कालीन अवस्थाको सृजना भई जन र धनको क्षतिका साथै जीवनयापनका कृयाकलापहरु र वातावरणमा प्रतिकुल असर पार्ने प्रकोपजन्य अवस्थाको उपस्थिति भयको थाहा नगरमा आयोजित स्थानीय सरकारलाई दिइयको बिपद व्यवस्थापन तालिममा जनप्रतिनिधि हरुले सिके। विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४ का अनुसार विपदका प्राकृतिक कारण र स्वरूपहरूमा हिमपात, असिना पानी, बाढी पहिरो, आधी हुरी, खडेरी, भूकम्प, ज्वालामुखी, शितलहर, तातो हावा, भु स्खलन आदि पर्दछन् । अर्कातर्फ गैर प्राकृतिक विपदमा महामारी, अनिकाल, जीवाणु आतङ्क, विकिरण, हवाई, खानी, सडक, जल, तथा औद्योगिक दुर्घटना, विषाक्त ग्याँस, विषाक्त खाद्यान्न, वातावरणीय प्रदूषण, वन विनाश, पशु तथा चराचुरुङगीमा लाग्ने फ्लु लगायतका विपदजन्य समस्याहरू पर्नेकुराको जानकारी लिदै विपद व्यवस्थापन भन्नाले विपद जोखिम न्युनीकरणदेखि विपद प्रतिकार्य हुँदै विपद पुनर्लाभसम्मका कृयाकलापहरुको समष्टि हो भन्ने कुरा थाहा दियको तालिममा सहभागी थाहा नगर उपप्रमुख भरत गोपाली बताउछन् । विपदको जोखिम न्युनीकरणमा विपद सम्भाव्य क्षेत्रमा गरिने जोखिमको विश्लेषण, मूल्याङ्कन, विपद रोकथामका लागि गर्न सकिने उपायहरू र जोखिम कम गर्न गरिने कार्यहरू पर्दछन् । विपद आइपरे लगत्तै घटनास्थलमा गरिने खोज उद्धार, सुरक्षित ठाउँमा सार्ने र राहत वितरण सम्बन्धी कार्यहरू विपद प्रतिकार्य अन्तर्गत पर्दछन् भने विपदपश्चातको पुन:स्थापना र पुन:निर्माणसम्बन्धी कार्यहरू विपद पुनर्लाभको परिभाषामा पर्दछन् । स्वभावतः विपद पुनर्लाभका कार्यहरू लामो समयावधि लिने खालका हुन्छन् ।
विपद् व्यवस्थापनको तयारी, विपद् आउने, उद्धार (विपद् प्रतिकार्य), पुनस्र्थापन तथा विपद् पुर्नलाभ (पीडासाम्य) गरिएक चक्र रहेको हुन्छ । विपद् व्यवस्थापनमा तयारी अत्यन्त महत्वपूर्ण चरण हो । विपद् आएपछि तयारी अवस्थाबाट उद्धार कार्य तीव्र गतिमा गर्न सकिन्छ । पीडितको उद्धारसँगसँगै उनीहरूलाई राहत दिनुपर्नेहुन्छ । प्रभावितको उपचार, पिउने पानी, खानेकुरा, अस्थायी बस्ने सुत्ने ठाउँ, दिशापिसाब गर्ने ठाउँ र बिरामी पर्दा ओखतीमुलो राहतमा पर्छन् । उद्धार कार्यपछि पीडित परिवारहरूलाई आफ्नै घरमा वा नयाँ स्थानमा पुनस्र्थापना गर्नु, पीडितको पीडासाम्य पार्ने, पुनस्र्थापना गर्ने वा पुरानो अवस्थामा फर्काउने र मनोसामाजिक परामर्श दिने कार्यहरू महत्वपूर्ण हुन्छन् भन्ने जानकारी तालिमले दियको थाहा नगरका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने तालिम बाट ज्ञान प्राप्त गरेको बताए ।
विपद् व्यवस्थापन वर्तमान सरकार र समाजको महत्त्वपूर्ण  र चुनौतीपूर्ण जिम्मेवारी हो । विपद् व्यवस्थापन संघीय, प्रदेश र स्थानीय सरकारको समान जिम्मेवारी हो भन्ने सिकायको तालिममा सहभागी वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझीले बताय । सरकारले विपद् व्यवस्थापन गर्न जोखिमको आधारमा नीतिगत, प्रक्रियागत र संस्थागत व्यवस्था गरेको र विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन ऐन, २०७४ ले विपद् व्यस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रूपमा व्यवस्थापन गरी प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट सर्वसाधारणको जीउ ज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पति, प्राकृतिक एवं सांस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्न नीतिगत, संस्थागत, प्रक्रियागत व्यवस्था र ती संस्थाहरूको जिम्मेवारी र उत्तरदायित्व किटान गरेको तालिम सहजकर्ता लिला भुजेलले बताउनुभयो।
 बिपद न्यूनीकरण गर्नको निम्ति थाहा नगरपालिकामा स्थानीय सरकारलाई विपद जोखिम न्युनिकरण तथा व्यबस्थापन स्थानीयकरण सम्बन्धि दुई दिने अभिमुखिकरण तालिममा उल्लेखित भनाइ तालिम सहजकर्ता ले राखेका थिय। शिखरकोटको शंकर होटलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व तथा USAID / BHA को आर्थिक सहयोग,अन्तर्राष्ट्रिय आप्रवासी संगठनको प्राविधिक सहयोग तथा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल(NSET),प्राक्टिकल एक्सन कन्सल्टिङ्ग र लुथर वर्ल्ड फेडेरेसन (LWF) को साझेदारीमा  आयोजितअभिमुखिकरण तालिममा थाहा नगरपालिकाका जनप्रतिनिधि तथा नगरपालिकाका बिषयगत शाखा प्रमुख हरुको उपस्तिथि रहेको थियो । नेपालको ७५३ पालिका मध्य ७०२ वटा स्थानीय तहमा एकसाथ संचालन भैरहेको NSET का साबित्रा आचार्यले बताउनुभयो                                                                 तालिममा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि योजना तथा कार्यक्रम सहितको कार्ययोजना तयार गरि लागू गर्ने, गराउनेस स्थानीय तहमा विपद जोखिमको अबस्थाको लेखाजोखा, नक्साङ्कन,विश्लेषण गरि विकास निर्माण सम्बन्धि कार्यमा विपद जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्था गर्ने, भौतिक सरचना निर्माण गर्दा रास्ट्रिय भवन सहिता, भवन निर्माण मापदण्ड लगायत अन्य स्वीकृत निर्देशिका वा मापदण्डको पालना भए नभएको सम्बन्धमा अनुगमन गरि पालना गर्न लगाउनेस विपद व्यवस्थापनमा परिचालन गरिने कर्मचारी तथा स्वयंसेवकको क्षमता अभिवृद्दिको व्यवस्था गर्ने, विपदमा उद्दारको काम गर्नेलाइ शुरक्षाको व्यवस्था गर्ने, विपद व्यवस्थापनका लागि विषयगत समूह गठन गरि परिचालन गर्ने लगायतका काम, कर्तव्य र अधिकारको बारेमा अभिमुखिकरण गरियको थियो। तालिम लाई भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) बागमती प्रदेशका लिला भुजेल,NSET बागमती प्रदेशकि साबित्रा आचार्य ,मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका अधिकृत राजु श्रेष्ठले सहजीकरण गरेका थिय भनेअन्तर्राष्ट्रिय आप्रवासी संगठन IOM का प्रतिस्ठा पोखरेलले सहयोग गरेका थिए।  भविष्यमा आईपर्नेविभिन्न प्रकारका विपद् र जोखिम बिरुद्ध रणनीतिक तयारी  गर्न हामी तयार छौं,’ भन्नुहुन्छ थाहा नगर प्रमुख बिष्णु बिष्ट वहाँले नेपालमा आउने बेला बेलाका यस्ता जोखिम र विपद्हरुले पनि सरकारलाई पूर्ण रुपमा सजग गराउन सकेको छैन भन्दै प्रमुख बिष्टले विपद् व्यवस्थापन र जोखिम न्यूनिकरणमा संसारले धेरै फड्को मार्दासमेत नेपाल भने निकै पछाडि रहेको बताए ।   तालिममा थाहा नगर प्रमुख बिष्णु बिष्ट सहित,उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले लगायत वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नगरपालिकाका बिषयगत शाखा प्रमुख हरु गरि २८ जनाको उपस्थिति रहेको तालिममा १५ वटा विपद व्यवस्थापन सम्बन्धि सेसनमा सहजीकरण गरियको थियो।  तालिम पश्चात् कार्ययोजना निर्माण तथा १० बुदे बिपद ब्यबस्थापन थाहा नगर घोषणापत्र जारी गरि हस्ताक्षर सहित जोखिम न्युनिकरनमा सबैले हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरियको थियो।

Screenshot_20220824-17403-1661342886.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...