Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

विद्यार्थीलाई लक्षित तीनदिने ‘माइन्ड एन्ड मोटिभेसनल’ शान्ति तथा ध्यान शिविर सम्पन्न

FB_IMG_1770381936906-1770381962.jpg

बोधिचर्य फाउन्डेसनको आयोजनामा थाहा नगरपालिकामा बृहत शान्ति तथा ध्यान शिविर अन्तर्गत तीनदिने “MIND AND MOTIVATIONAL WORKSHOP” सञ्चालन भएको छ। अहिंसा, करुणा र ध्यानमा आधारित उक्त शिविरमा थाहा नगरका करिब ५ सय विद्यार्थीले सहभागीता जनाएका थिए।
तीन दिने शिविरमा महान महापण्डित त्रिकाय सिद्धान्तका उज्ज्वल प्रकाशक आचार्य लोङछेन रबज्यामको महापरिनिर्वाण दिवस (पुण्यतिथि) को  अवसरमा शिविरको आयोजना गरिएको हो।
शिविरमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा जनकल्याण उच्च माध्यमिक विद्यालय, मत्स्यनारायण माध्यमिक विद्यालय, झम्केश्वरी माध्यमिक विद्यालय तथा हिमालयन बोर्डिङ स्कूलका विद्यार्थीहरू सहभागी भएका थिए।
कार्यशालामा आचार्य धावा दोर्जे तामाङ, उपाध्याय पेम्बा सेर्पा, उपाध्याय कोन्छो नोर्बु तामाङ तथा बोधिचर्य फाउन्डेसनका पवन लामाको उपस्थिति रहेको थियो। विशेष वक्ताका रूपमा प्रतिष्ठित नामड्रोलिङ विश्वविद्यालय (Namdroling University) बाट बौद्ध दर्शनमा पारंगत, अनुभवी तथा साधनामा निपुण उपाध्याय पेमा शेर्पा ज्युले जीवन, मन र करुणाको गहिरो बोध प्रदान गर्दै विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।
फाउन्डेसनका अनुसार उक्त कार्यशालाले भावी पुस्तामा सदाचार, करुणा, अनुशासन र विवेकपूर्ण चेतनाको विकास गराई सकारात्मक सोच र शान्त समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

FB_IMG_1770381941013-1770381963.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...