Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

वित्त व्यवस्थापनमा सबल बन्दै स्थानीय तह

thahanagarapalika-1698633202.jpg

 सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा स्थानीय तह क्रमिक रूपमा सबल बन्दै गएका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई सरकारकै रूपमा स्थापित गराएपछि स्थानीय तह सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सबल बन्दै गएको हो । 

अहिलेसम्म ७५३ वटै स्थानीय तहले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लागु गरेका छन् । ती स्थानीय तहले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन पद्धति (लिजा) तयार गरेका, ६४१ ले वित्तीय जोखिम लेखाजोखा प्रणाली लागु गरेको, ५७९ ले मध्यकालीन खर्च संरचना तयार गरेका, ३७५ ले राजस्व सुधारको योजना तयार गरेको र ६९ स्थानीय तहले आन्तरिक नियन्त्रण प्रणाली लागु गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका उपसचिव एवं प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका (पिएलजिएसपी) का राष्ट्रिय कार्यक्रम व्यवस्थापक भूपेन्द्र सापकोटाले स्थानीय तहले अहिले वित्त व्यवस्थापन प्रणाली र शासकीय प्रणालीमा क्रमिक रूपमा स्थापित हुँदै गएको बताउनुभयो । 

उहाँका अनुसार पिएलजिएसपीले स्थानीय र प्रदेश सरकारलाई शासन प्रणालीमा सुदृढीकरण र वित्तीय व्यवस्थापन प्रणालीमा सबलीकरण गराउन आवश्यक सहयोग गर्दै आएको छ । अहिले प्रदेश र स्थानीय तहको जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि, स्थानीय तहमा अन्तरसरकारी संयन्त्र निर्माण, विद्युतीय शासन प्रणाली, लैङ्गिक समानता र सामाजिक जवाफदेहिता, नवप्रवर्तन साझेदारी कोष निर्माण, नागरिक सहभागिता र प्रादेशिक सुशासन केन्द्रलगायतका कार्यक्रमका लागि सहयोगी बन्दै छ । उहाँले भन्नुभयो, “सरकारको उद्देश्य पनि पिएलजिएसपीमार्फत प्रदेश र स्थानीय तहको समग्र रूपमा क्षमता अभिवृद्धि गर्दै जाने हो ।”  मन्त्रालयले २०७४ सालदेखि प्रदेश र स्थानीय तहको प्रभावकारिता र सबलीकरण गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय तह शासन सहयोग कार्यक्रम सञ्चालन गरेको थियो ।

सरकारले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सात वटै प्रदेश र ७५३ वटै स्थानीय तहमा सञ्चालन गरेको छ । उहाँले प्रदेश तथा स्थानीय तहको शासन प्रणाली र प्रक्रियामा सुधार ल्याउन र अन्तरसरकारी सम्बन्ध सुदृढ गरी नागरिकका लागि सहकारी सङ्घीयताको लाभ अभिवृद्धि गराउने उद्देश्यले सरकारले यो कार्यक्रम सुरु गरेको बताउनुभयो । 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg