pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

विकास घरमा ३१ औं अपाङ्गता दिवस

ap1-1670121402.jpg

मकवानपुरको थाहा नगरपालिकाको विकास घरमा ३१ औं अपाङ्गता दिवस मनायएको छ । थाहा नगरपालिकाको सहयोग तथा अपाङ्ग सरोकार समिति थाहानगरको आयोजनामा दिवस मनाइएको हो । दिवसको अवसरमा अपाङ्ता भएकाहरुले आ–आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए । उनीहरुले गित तथा कविता सुनाएका थिए । अपाङ्ता भएकाहरको पिडा र उनीहरुलाई प्रदान गरिनूपर्ने हक अधिकारमा केन्द्रित गित र कविता सुनाएका हुन् । थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अथिगती तथा सहभागीहरुलाई थाहा नगरपालिका सामाजिक विकास समितिका सदस्य पवित्रासिं ठकुरीले स्वागत गरेकी थिइन् । कार्यक्रमका प्रमुख अथिती रायमाझीले पालिकाले योजना तर्जुमा र कार्यान्वयनमा अपाङ्गता भएकाहरुलाई ध्यान दिने बताए । उनले अपाङ्गको हक अधिकार स्थापित गर्न वडा तथा नगरबाट सँधै सकारात्मक रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नारायण लामाको विशेष आतिथ्यता रहेको थियो भने थाहा नगरपालिकाका सूचना शाखा प्रमुख सुरजकुमार भुजेल, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानलगायतकाको आतिथ्यता रहेको थियो । अपाङ्गता दिवसको अवसरमा कार्यक्रममा विभिन्न प्रतिभा प्रस्तुत गर्ने थाहा नगरपालिका वडा नम्बर ७ की डोल्मा थिङ, वडा नम्बर ६ का जंग बहादुर कपाली, वडा नम्बर १ का युद्ध बहादुर थोकर र वडा नम्बर १० का विकास थापामगरलाई कार्यक्रमका प्रमुख अतिथी रायमाझीले कदरपत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रममा थाहानगर क्षेत्रका अपाङ्गता भएकाहरुको उपस्थिती रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...