Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

विकासमा बेथिति : छानो हटाएर फल्चाको स्टमेट, बजेट अभावमा प्लास्टिकको छानो

falcha_DfAyfbR0fF-1693205349.jpg

 मकवानपुरको थाहा नगरपालिकाको निर्माणाधीन फल्चा (लाम्पाटी)मा प्लास्टिकको छानो हालिएको छ । बजेट अभावका कारण निर्माणाधीन फल्चालाई संरक्षण गर्न स्थानीय युवाहरुले प्लास्टिकको छानो लगाएका हुन् ।

 

थाहा नगरपालिका वडा नम्बर–२, पालुङको डबलीमा निर्माण गरिएको सो फल्चा बजेट अभावका कारण प्लाष्टिकको छानो हालेर संरक्षण गरिएको हो । पालुङमा रहेको उक्त ऐतिहासिक सम्पदा फल्चालाई बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले पुनर्निर्माण गरेको थियो ।

पर्यटन विकास आयोजना बागमती प्रदेशले गत आर्थिक वर्ष फल्चाको निर्माण गरिए पनि छानो हाल्नका लागि बजेट अभाव भएको हो । बागमती प्रदेश सरकारको ऐतिहासिक सम्पदा संरक्षणका लागि पुनर्निर्माण गर्ने नीति अनुरुप आयोजना मार्फत् सो फल्चाका लागि बजेट विनियोजन गरी पुनर्निर्माणको काम गरिएको थियो ।

२०७२ को भूकम्पबाट क्षति पुगेको उक्त फल्चाको डबली, पेटी, टायल टुडाल लगायतका संरचना निर्माणका गर्ने तयारी गरिएको थियो । उक्त संरचना निर्माणका लागि मन्त्रालयले गत आर्थिक वर्ष २०७९/०८० मा पर्यटन विकास आयोजना मार्फत् १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

आयोजनाले छानोबाहेक १६ लाख ७६ हजार रुपैयाँको स्टमेट तयार गरी  फल्चा पुनर्निर्माणको काम गरेको थियो । जसमा १५ लाख रुपैयाँ आयोजनाले लगानी गर्ने र अन्य रकम जनश्रमदानबाट व्यहोर्ने गरी काम गरिएको थियो ।

स्थानीयस्तरमा समिति गठन गरी पुनर्निर्माण गरिएको उक्त फल्चाको काम अझै पूरा हुन सकेको छैन । पर्याप्त बजेट नभपछि फल्चाको छानो तथा रङ रोगनको काम अझै अपुरो छ ।

अपुरो सम्पदालाई सम्पन्न गर्न चालु आर्थिक वर्षका लागि प्रदेश सरकारका कुनै पनि निकायबाट बजेट विनियोजन भएको छैन । सो फल्चाका लागि न प्रदेश सरकारले बजेट दिएको छ, न सम्बन्धित स्थानीय तहले नै सम्पन्न गर्ने पहल गरेको छ ।

फल्चाको छाना, पेटी, टुडाल लगायतका संरचनाका लागि प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गर्ने गरी कम सुरु गरिएको थियो । तर, चालु आर्थिक वर्षमा सो फल्चाका लागि कुनै पनि बजेट नपरेपछि गत साउनदेखि निर्माण कार्य बन्द भएको पर्यटन विकास आयोजना हेटौंडाकी इन्जिनियर प्रज्ञा पाण्डेले बताइन् । फल्चा र त्यसमा निर्माण गरिएका संरचनाको क्षेत्रफल बढ्दा लागत अनुमान पनि बढेको उनको भनाइ छ ।

छाना लागायतको अन्य काम पूरा गर्न पुनः बजेट प्राप्त गर्ने अपेक्षासहित स्थानीयस्तरको समितिले सोही अवस्थामा प्राप्त बजेट खर्च गरेर काम गर्न आग्रह भएपछि छाना बाहेकको काम अघि बढाइएको उनले जानकारी दिइन् ।

चालु आर्थिक वर्षमा सो योजनाको विषयमा के भइरहेको छ भन्ने विषयमा आफूलाई जानकारी नभएको उनले प्रस्ट पारिन् । गत असार मसान्तमा आफ्नो करार अवधि समाप्त भएको र हाल आफू आयोजनामा कार्यरत नरहेकाले सो विषयमा जानकारी नभएको उनको भनाइ छ ।

नेवारी परम्परा अनुसार भजन तथा अन्य सांस्कृतिक क्रियाकलापका लागि सो फल्चा प्रयोग गर्ने गरिन्छ । फल्चासँगैको २ वटा ढुङ्गे धाराको पनि पुनर्निर्माण गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पुनर्निर्माण गरिएको हो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg