pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट

FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भएको छ।  सोही क्रममा थाहा नगरपालिकामा क्रियाशिल मेलमिलापकर्तालाई कानूनी शिक्षा सचेतना सहित ३ दिने कानुनी शिक्षा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ।


विशेषगरी तालिममा मेलमिलापकर्ताको भूमिका र विवाद व्यवस्थापन सम्बन्धी जानकारी गराइएको थियो । मेलमिलाप कर्ता र न्यायिक समितिका पदाधिकारी र सदस्यलाई विवाद, विवादको स्वरुप, कारण, चरण, सामुदायिक अन्तरनिर्भरता, प्रचलित उपायहरु, मेलमिलापको ऐतिहासिक विकासक्रम, विवाद समाधानका रणनितिहरु, मेलमिलापकर्ताको भूमिका र दायित्व, मान्यता, हितअडान सम्वन्धी जानकारी,मेलमिलाप प्रक्रियाको जानकारी, आशय प्रभाव तथा निष्कर्ष तहको जानकारी, मेलमिलाप पूर्व पश्चातको जानकारी, मेलमिलाकर्तामा हुनुपर्ने गुणहरु, मेलमिलापका लागि चाहिने थप सीपको वारेमा प्रशिक्षण गरिएको न्यायिक समिती सहजकर्ता गोपी कार्कीले जानकारी दिनुभयो।

३ दिने तालिम समापन कार्यक्रममा नगरपालिका प्रमुख बिष्णु बिष्टले स्थानीय सरकारलाई सफल बनाउन मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । वडा र समुदाय तहमा मेलमिलापबाट विवादको टुंगो लगाउन सकियो भने नगरपालिका तहमा कार्यबोझ कम हुने र पालिकाको गरिमा उचो हुने उहाँको भनाई थियो । 

थाहा नगरपालिका न्यायिक समिती संयोजक भरत गोपालीले न्याय सम्पादन गर्दा कसैले पनि राजनैतिक पुवाग्राही राखेर न्याय सम्पादन गर्न नुहने बताए । उनले समुदायमा मेलमिलाप कर्ताको महत्वपुर्ण भुमिका रहने भन्दै न्यायले पीडितलाई झन पीडा र पिडकलाई उत्साही हुने खालको न्याय सम्पादन गर्न नहुने बताए ।

तालिममा सहभागी हरुले  समुदायमा भएको विवादहरुलाई मेलमिलाप गराउदा अपनाउनुपर्ने ज्ञान सिप प्राप्त भएको र त्यस्ता विवाद समाधान गर्न थप जानकारी मिलेको बताए । सहभागी हरुले वडामा देखिएका समस्या अव नगरपालिका नआएर वडामै बिवाद मिलाउन आफुहरु लाग्ने बताए।
तालिममा  प्रशिक्षकहरु अधिवक्ता हरु प्रवीण हुमागाइ पुष्कर पराजुली ,सुष्मा पौडेल,बन्धुराज पौडेल,कविता अधिकारीले न्यायिक समिति र मध्यस्थकर्ताहरूले न्याय सम्पादनमा खेल्नुपर्ने भूमिकाका बारेमा सहजीकरण गरेका थिए।

३ दिन सम्म चलेको कार्यक्रममा थाहाका १२ वटै वडाका मेलमिलापकर्ता हरुको सहभागिता रहेको थियो।

FB_IMG_1747064909117-1747064944.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...