Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

वडा न २ का जेष्ठ नागरिक हरुलाई सम्मान

b1-1697462154.jpg

थाहा नगरपालिका वडा न २ का जेष्ठ नागरिक हरुलाइ आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ। वडा जेष्ठ नागरिक समितिको आयोजना तथा वडा न २ को सहयोगमा वडा भित्र रहेका जेष्ठ नागरिक हरुलाई दशैंको अवसर पारेरचियापान तथा सम्मान गरिएको हो।वडा जेष्ठ नागरिक समितिका संयोजक बिष्णु बहादुर थापाको सभापतितब तथा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्टले जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो ।जेष्ठ नागरिक हरुलाइ सम्मान गर्दै प्रमुख बिष्टले ‘जेष्ठ नागरिकलाई ससम्मान बाच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताउनुभयो, प्रमुख बिष्टले भन्नुभयो ,‘ उमेर हुदासम्म श्रम खर्चने नागरिकलाई उमेर पुगेपछि बाच्न आधारको व्यबस्था राज्यले गर्नुपर्छ ।’ कार्यक्रममा बोल्ने वक्ताहरुले ज्येष्ठ नागरिकको माया र सम्मान सबैले गर्नुपर्ने बताए । वक्ताहरुले ज्येष्ठ नागरिकहरुलाई कसरी खुशी दिन सकिन्छ त्यस तर्फ ध्यान दिन जरुरी रहेको बताएका थिए। 

कार्यक्रममा वडा भित्रका १०५ जना जेष्ठ नागरिकको उपस्तिथि रहेको थियो भने कार्यक्रममै १ सय १ बर्षकि वृद्धा मिनकुमरी बस्नेत ,समाजसेवी सिताराम बिष्ट र हर्क बहादुर सिङ्तानलाई दोसल्ला सहित सम्मानित गरिएको थियो। कार्यक्रममा वडा न २ का वडा अध्यक्ष बम बहादुर सिन्तान,नगर जेष्ठ नागरिक मन्चका संयोजक ईश्वर बहादुर कार्की ,वडा सदस्यहरु ,वडा जेष्ठ नागरिक समितिका सदस्यहरु लगायतका उपस्थिति रहेको थियो भने कार्यक्रममा जेष्ठ नागरिकहरुको ब्लड प्रेसर समेत परिक्षण गरिएको थियो।

b5-1697462362.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...